फिल्म ‘द महावीर’ का लागि कलाकार खोजी, यस्तो छ माग « Khabarhub

फिल्म ‘द महावीर’ का लागि कलाकार खोजी, यस्तो छ माग


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीतकार सुरेश अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘महावीर’का लागि नयाँ कलाकारले अवसर पाउने भएका छन् ।

स्क्रिप्टको मागअनुसार नयाँ कलाकारको आवश्यक परेकाले निर्माण पक्षले अडिसनका लागि आह्वान गरेको हो । विभिन्न उमेर समूहका आधा दर्जनभन्दा बढी भूमिकाका लागि निर्माण पक्षले अडिसन खुलाएको हो ।

निर्माण पक्षले परिवारको हेरचाह गर्ने भूमिकाका लागि महिला कलाकार मागेको छ । यो भूमिकाका लागि ३०–४० वर्षको उमेरका महिलाले अडिसन दिन सक्नेछन् ।

हल्का कालो वर्ण र राम्रो नृत्य क्षमता भएकी २०–२५ वर्षकी युवतीको भूमिका निर्वाह गर्न पनि कलाकारको माग गरिएको छ ।

हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष कलाकार, ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्षको पुरुष (एथलेटिक्स) का लागि पनि माग गरिएको छ ।

४० देखि ५० वर्षको ‘फ्याट एन्ड लेजी लुक्स’ भएकी जनजाति महिलाको भूमिकाको लागि पनि अडिसन खुलाइएको छ ।

२५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष पात्र चाहिएको निर्माणपक्षले बताएको छ ।

६ फिट अग्लो ‘फिट एन्ड फाइन’ देखिने २५ देखि ३० (एथलेट्स) आर्य फेस, बोल्ड एन्ड कमान्डिङ ६० देखि ६५ वर्ष उमेरको जनजाति उमेरको पुरुष र ५० देखि ६० वर्षको अग्लो, स्वस्थ जनजातिको भूमिकाका लागि पनि निर्माण पक्षले माग गरेको छ ।

गोरो छाला भएको दृष्ट र धूर्त देखिने ५० देखि ६० वर्षको आर्य फेस भएको पुरुष कलाकार र स्मार्ट लुकिङ आर्य फेस भएको ७ देखि १० वर्ष उमेरको बाल कलाकारसमेत अडिसन खुला भएको निर्माण पक्षले बताएको छ ।

निर्माण पक्षकाअनुसार अनुभवी र नयाँ सबैलाई अवसर दिइने बताइएको छ । पहिलो चरणमा डिजिटल अडिसन दिनुपर्नेछ । एक मिनेटको भिडियो वैशाख १ गतेदेखि ३ गतेसम्म पठाइसक्नुपर्नेछ ।

दोस्रो चरणमा डिजिटल अडिसनमा छनोट भएकालाई फिजिकल अडिसन लिइनेछ । दोस्रो चरणमा छनोट भएकालाई फोन गरेर बोलाइनेछ ।

‘द महावीर’को थिम पोस्टर सार्वजनिक भइसकेको छ । जिबी आग्रीले निर्देशन गर्ने बताइएको छ ।

एक साताअघि थिम पोस्टर सार्वजनिक गरी यस फिल्म निर्माणको घोषणा गरिएको थियो । यो फिल्म हिन्दी र नेपाली भाषामा निर्माण हुने बताइएको छ । कथा, कलाकार र प्रदर्शन मितिबारे निर्माण पक्षले जानकारी दिएको छैन ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ५४ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा