ज्योतिष भक्तिविलासको ठहर– नयाँ वर्षले शासन दिन्छ, सुशासन दिँदैन | Khabarhub Khabarhub

ज्योतिष भक्तिविलासको ठहर– नयाँ वर्षले शासन दिन्छ, सुशासन दिँदैन

नेताविरुद्ध जनमत प्रवल बन्ने खतरा


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

वसन्त ऋतुको आगमनसँगै नयाँ वर्ष २०८२ ले स्वागत गरेको छ । बोटहरुमा नयाँ पालुवा पलाएका छन् । फूलहरुमा कोपिला लागेको छ । आकाश खुलेको छ । मौसमले पनि हरेकमा आशा र सम्भावना थपिदिएको छ । नयाँ वर्षले विगतमा गर्न नसकेका संकल्प पुरा गर्ने अठोट थपिदिएको छ ।

तर राजनीतिक रुपमा नेपालमा ०८२ साल पनि त्यत्ति उपयुक्त नदेखिएको ठहर ज्योतिषीको छ । व्यवस्थाको हिसाबले गणतन्त्र धेरै राम्रो भएपनि अध्यात्मको हिसाबले फापसिद्ध नभएको टिप्पणी गरेका छन् । वैदिक गणतन्त्र बनाउको खण्डमा देशमा शान्ति सुव्यवस्था आउने तर्क छ ।

खबरहबले देश राजनीतिक अवस्था तथा नेताहरुको ०८२ कस्तो रहला ? भनेर ज्यो.प. भक्तिविलास दाहालसँग सोधेको थियो । उनको कुरा जस्ताको तस्तै :

धर्म छोडेपछि सबै व्यवस्था बिग्रदै जान्छ । नेतृत्व तहमा धिरता, सहिष्णुता, पवित्रता, मानवता केही छैन । हित अहित पुण्य र पापको कर्तव्यको बन्धन, मोक्ष लगायत हाम्रा विषयगत सबै शास्त्रलाई कुल्चेर हिँडिरहेका छन् ।

बहुदलीय व्यवस्था हुन्छ तर बहुमत ल्याएपनि पुरा समय राज्य चलाउन सक्दैनन् । काम गर्न सक्ने मान्छेहरु त्यहाँ पुग्दैनन् । फगत हल्ला मच्चाउन सक्नेहरुको राजनीतिमा हाबी हुनेछ । जसले नतिजा दिन सक्दैन । जनता झनै चरम निराशामा जाने देखिन्छन् । जनताले अर्को कलह अर्थात् आन्दोलन गर्नुपर्ने आवश्यकता महसूस गर्नेछन् ।

यस्तै रहिरहे नेताहरु यो देशबाट भाग्नुपर्ने अवस्था आउन सक्छ । ग्रहणगण अनुसार नेताहरुको भोलिको दिन राम्रो देखिदैन । हामीले अहिले नेताहरुलाई खबरदारी नगर्ने हो भने हाम्रा सन्तानले छिमेकी देशमध्ये एकको दासत्व स्वीकार गरेर बस्नुपर्ने हुन सक्छ । गनेर नसक्ने नेताहरु भएपछि मनपरी भएको छ ।

नेपाली जनताले गुहारसम्म नपाउने गरी हाम्रो हिन्दु राष्ट्र खारेज गरे यी नेताहरुले । यो सबै नेपालीका लागि दुर्भाग्यपूर्ण छ ।संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र भएमात्रै यो देशमा शान्ति आउँछ । वैदिक शासन व्यवस्था सबैका लागि उपयुक्त हुन्छ । 

प्राकृतिक विपत्तिले नेपालीलाई यो वर्ष पनि धेरै सताउने योग छ । त्यसको लागि आम नागरिकदेखि सरकारी संयन्त्र सबैले पूर्वतयारीसाथ बस्न आवश्यक छ । रोगहरु बढ्दै जाने, पानीको मुहानहरु क्रमश सुक्दै जाने, तापक्रम बढ्ने हुन्छ । राजा आउ जाउ भन्दा पनि वैदिक सनातन संविधानमै स्थापित हुनुपर्छ ।

आफ्नै दलभित्र बेमेल बढ्ने छ । नेताहरुको अधिनमा कार्यकर्ता बस्ने छैनन । कुनै पनि सरकारले आफूलाई तोकेको समय चलाउन सक्ने छैनन । घरदेखि नै अभिभावकत्व गुम्दै देश देशावरसम्म अनुशासनहीनताको फैलावट हुनेछ । राजश्व, शिवश्व र देवश्वमाथि नजर लगाउनेहरुको अधोगति शुरु हुनेछ । कुनियत र भ्रष्ट आचरणबाट आर्जित सम्पति अर्को पुस्ताले भोग गर्न पाउने छैन ।

वैदिक सनातन, हिमालय पर्वतसँगसँगै आएको हो । वैदिक सनातन संसारको सबैभन्दा पुरानो अर्थात् प्राचीन धर्म हो । अन्य जतिपनि धर्म छन्, त्यसको जननी हिन्दू धर्म हो । सबै धर्मको नियम एकै हो–त्यो भनेको सबैलाई कर्तव्यबोधसहित अनुशासनमा राख्नु । अनेक नामबाट आचरणमा बाँध्ने सुमार्ग नै धर्म हो ।

पण्डितहरुसमेत शास्त्रीय आधार वेगर बोल्ने भएका छन् । हरेकले आफ्नो धर्म बिर्सिएको अवस्था छ । शिक्षकसँग आफ्नो धर्म छैन, कर्मचारीसँग आफ्नो धर्म छैन, पत्रकारसँग आफ्नो धर्म छैन । दश जनाले राशिफल लेख्छन्, दशखाले । शास्त्रसम्मत हिँड्ने हो भने यो देश विकासको लागि विदेशी गुहार्नुपर्दैन । विदेशीको खेलमैदान बनाउँदैछन् ।

विदेशबाट आउने सहयोगहरु विस्तारै बन्द हुँदैजानेछन् । तर पाँच वर्ष पछाडिबाट धेरै राम्रो सुधार हुने देखिन्छ । त्यो भन्दा अगाडिको समय उतारचढाव नै छ । वैदिक गणतन्त्र भएको खण्डमा फापसिद्ध हुन्छ । वैदिक गणतन्त्र भनेको वेदले बताए अनुसार अथवा निर्देशन गरेअनुसार चल्नु हो ।

गति भन्दा वेद अझै महाज्ञान हो । वेदलाई कहिँ काट्ने ठाउँ छैन । अध्यात्मले जातभात सानो ठूलो नभनी एक बनाएर लैजान्छ । कामका आधारमा छुवाछुत सुरु भयो तर वेदले कहिले जात छुट्याएको छैन । आज त झनै त्यस्तो कुराले अस्तित्व राख्दैन । हिन्दु धर्म नभएर सभ्यता हो । शास्त्रमा नभएको कुरा फेसबुकमा हाल्ने गरेका छन् । ज्योतिषको धर्म नागरिकलाई सही सूचना दिनु हो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ३२ बजे

लिम्बुवानको थप दस्तावेज : याक्थुङ साप्मुन्धुम

अरुणपूर्व लिम्बुवानमा २३९ वर्षअघि सांस्कृतिक पर्व मनाउँदा शाह–शासकको नाममा कर

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली देशभर सक्रिय

ललितपुर– जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षमा ५९ हजार १२०

नेपालको यू-१९ विश्वकप सपना: निर्णायक भिडन्तमा आज अफगानिस्तानलाई हराउनैपर्ने दबाब

काठमाडौं – सन् २०२६ को आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्न

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन