वाणिज्य बैंकको ब्याजदर : १६ वटाको यथावत, एउटाले बढाउँदा तीन वटाले घटाए « Khabarhub

वाणिज्य बैंकको ब्याजदर : १६ वटाको यथावत, एउटाले बढाउँदा तीन वटाले घटाए


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष (२०८२) वैशाख महिनाका लागि २० मध्ये १६ वाणिज्य बैंकले ब्याजदर यथावत राखेका छन् । एउटा बैंकले ब्याजदर बढाएको छ भने तीनवटा बैंकले घटाएका छन् ।

वैशाखमा ब्याजदर बढाउनेमा एभरेष्ट बैंक छ । चैतमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर एभरेष्टको ६ प्रतिशत रहेको ब्याजदर वैशाखमा ०.६१ प्रतिशतले बढाएर ६.६१ प्रतिशतमा पुराएको छ ।

सानिमा, नेपाल र कुमारी बैंकले ब्याजदर घटाएका छन् । सानिमाको चैतमा सानिमाको ६.०५ रहेकोमा ०.१ प्रतिशतले घटाएर ५.९५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, नेपाल बैंकले चैतमा ५.५ प्रतिशत रहेको ब्याजदर ०.३५ प्रतिशतले घटाएर ५.५१ मा झारेको छ भने कुमारी बैंकको चैतमा कुमारीको ६.०१ प्रतिशत रहेको ब्याजदर ०.०९ प्रतिशतले घटाएर ५.९२ प्रतिशत कायम छ ।

जसमध्ये व्यक्तिगत मुद्दतीतर्फ लक्ष्मी सनराइजको ४.७५ प्रतिशत, हिमालयन बैंकको घटाएर ५.५ प्रतिशत, एनआईसी एशियाको ६.६, एनएमबीको ६.६, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५, प्राइम कमर्सियलको ६.२५, स्टान्डर्ड चार्टर्डको ६.२५ र प्रभुको ६.१, रहेको छ ।

यसका साथै वैशाख महिनाका लागि माछापुच्छ्रे ६, राष्ट्रिय वाणिज्यको ६, सिद्धार्थको ६, ग्लोबल आइएमईको ६, नविलको ५.७५, सिटिजन्सको ५.६५, कृषि विकासको ५.५१ र नेपाल एसबिआईको ५.५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर तोकिएको छ ।

चैत महिनामा बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.९३ प्रतिशत रहेकोमा वैशाखमा ५.९८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : १५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका