ट्रेड टावरले आईपीओबाट पैसा उठाएर ऋण तिर्ने, छानो टाल्ने | Khabarhub Khabarhub

ट्रेड टावरले आईपीओबाट पैसा उठाएर ऋण तिर्ने, छानो टाल्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथली र गौशालामा रहेको ट्रेड टावर लिमिटेडलले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिने छ । त्यसपछि नेपालस्थित सर्वसाधारणका लागि आईपीओ आउने छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले आईपीओबाट उठेको रकम बैंकको साँवा र ब्यान भुक्तानी गर्ने र छानो मर्मत गर्ने भएको छ ।

कम्पनीले उठेको रकममध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । थप ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने जानकारी दिएको छ ।

कम्पनीले ७९ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने कम्पनीले बताएको छ ।

कस्तो छ कम्पनी ?

ट्रेड टावरको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीले तीन वर्ष लगातार नाफा गरेको छ । कपनीले आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७९÷८० मा २ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ म ४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०८१÷०८२ को पुस मसान्तसम्ममा कम्पनीको नाफा ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीले आगामि तिन आर्थिक वर्षमा ०८१/८२ मा ६ करोड ६१ लख ६३ हजार, ०८२/८३ मा १० करोड १५ लाख ८ हजार र आव ०८२/८३ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७८/७९ मा १०३ रुपैयाँ ९७ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा १०७ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १२३.०५ रुपैयाँ थियो भन आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा ११३ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

कम्पनीले आगामि तीन आर्थिक वर्षमा ०८१/८२ मा १०८ रुपैयाँ ११ पैसा, ०८२/८३ मा ११२ रुपैयाँ ४५ पैसा र आव ०८२/८३ मा ११५ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर आमदानी आर्थिक वर्ष २०७८/७९ मा २.०६ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ३ रुपैयाँ ५९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ५ रुपैयाँ ६३ पैसा थियो भने आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा १ रुपैयाँ ८८ पैसा प्रतिशेयर आमदानी रहेको छ ।

कम्पनीले आगामि तिन आर्थिक वर्षमा ०८१/८२ मा २ रुपैयाँ २ पैसा, ०८२/८३ मा ४ रुपेयाँ ३३ पैसा र आव ०८२/८३ मा ५ रुपैयाँ ९५ पैसा प्रतिशेयर आमदानी पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : २८ बजे

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले