धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई « Khabarhub

धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली – नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन् ।

“अब धनगढी दौडिन्छ”, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै रु। ७५ हजार नगद पुरस्कार प्राप्त गरे । खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लबकै राजन रोकाया उपविजेता भए । उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरे । रोकायाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्रसिंह रावत तेस्रो भए । रावतले नगद रु २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी आयोजकले तीन विधामा गरेको हाफ म्याराथनको कर्पोरेट महिला तर्फको विधामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्वितीय र शान्ता वली तृतीय भइन् ।

पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्वितीय र चन्द नाथ तेस्रो भए । उनीहरुलाई नगद पुरस्कार क्रमशः रु सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरियो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : ५१ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब