धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई « Khabarhub

धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कैलाली – नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन् ।

“अब धनगढी दौडिन्छ”, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै रु। ७५ हजार नगद पुरस्कार प्राप्त गरे । खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लबकै राजन रोकाया उपविजेता भए । उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरे । रोकायाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्रसिंह रावत तेस्रो भए । रावतले नगद रु २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी आयोजकले तीन विधामा गरेको हाफ म्याराथनको कर्पोरेट महिला तर्फको विधामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्वितीय र शान्ता वली तृतीय भइन् ।

पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्वितीय र चन्द नाथ तेस्रो भए । उनीहरुलाई नगद पुरस्कार क्रमशः रु सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरियो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब