युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने | Khabarhub Khabarhub

युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

धनगढी–  कैलालीको धनगढीमा जारी  राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि मालिक र राष्ट्रिय युवा सङ्घ डोटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोमबार भएको सेमिफाइनलमा शाह पोल्ट्री फर्म र राना थारू आदर्श युवा क्लब भने प्रतियोगिताबाट बाहिरिएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउने छ । यस्तै, प्रतियोगितामा तेस्रो हुने टोलीलाई  ७५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले उद्‌घाटन गरेको भलिबल प्रतियोगिताको आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समापन गर्ने छन् । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ३१ बजे

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।