युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने « Khabarhub

युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

धनगढी–  कैलालीको धनगढीमा जारी  राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि मालिक र राष्ट्रिय युवा सङ्घ डोटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोमबार भएको सेमिफाइनलमा शाह पोल्ट्री फर्म र राना थारू आदर्श युवा क्लब भने प्रतियोगिताबाट बाहिरिएका थिए ।

राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउने छ । यस्तै, प्रतियोगितामा तेस्रो हुने टोलीलाई  ७५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले उद्‌घाटन गरेको भलिबल प्रतियोगिताको आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समापन गर्ने छन् । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ३१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,