ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण | Khabarhub Khabarhub

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाको पाँच लाख अनुदान र उपभोक्ताको ६० हजार रुपैयाँ बराबरको श्रमदानमा पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि– १ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिए ।

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ४६ बजे

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने

काठमाडौं- विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब

शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर

काठमाडौं– भारतीय जनता पार्टी भाजपाका सांसद अनुराग ठाकुरले भारत शान्तिप्रिय

जोशी हाइड्रोको हकप्रद शेयर जारी गर्ने पायो अनुमति 

काठमाडौं–जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने अनुमति

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आधा

इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

काठमाडौं– नेपालको राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन