निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव « Khabarhub

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ । प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरूलाई नियमित अभ्यासमा समस्या हुने गरेको छ भने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताए । 

‘कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ’, प्रशिक्षक चन्दले भने, ‘अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौँ ।’

तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरूका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उनको भनाइ छ । 

कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजेट आए पनि रु तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उनको भनाइ छ । 

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताए। 

भट्टले भने, ‘प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरूले अभ्यासमा समस्या झेल्नु परेको छ ।’

उनले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताए। 

जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताए। 

‘कञ्चनपुरमा क्रिकेट, कुस्ती र फुटबललगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ ।’ 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ५१ बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल