बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्तापछि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको एक घण्टा लामो वार्तापछि मन्त्रिपरिषद् डाकिएको हो ।

नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता गरिसकेर मन्त्रिपरिषद् बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् । दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको थियो ।

यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।

एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दो छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ५२ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त