पल शाह : ०८१ मा दुई फिल्म लगातार फ्लप, ०८२ को सुरुमै निर्माणतिर « Khabarhub

पल शाह : ०८१ मा दुई फिल्म लगातार फ्लप, ०८२ को सुरुमै निर्माणतिर


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८१ फिल्म यात्रा नायक पल शाहका लागि सुखद रहेन । उनको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आए– ‘पुजार सार्की’, ‘रावायण’ र ‘मायावी’ ।

यीमध्ये फिल्म ‘पुजार सार्की’ हिट बन्यो । तर, पल शाह यस फिल्मको केन्द्रीय भूमिकामा थिएनन् । मल्टिस्टारर यस फिल्ममा नायक प्रदीप खड्का हाबी थिए । फिल्मको कथा प्रदीपलाई केन्द्र भागमा राखेर अगाडि बढेको छ ।

अर्थात्, ‘पुजार सार्की’ हिट हुनुको जस नायकका रुपमा पलले मात्र लिन पाउँदैनन् । यसको जस प्रदीप र आर्यन सिग्देललाई बढी जान्छ ।

उनको गत वर्षको दोस्रो फिल्म ‘रावायण’ फ्लप भयो । पलले चरित्र निर्माण गर्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । उनले चरित्र निर्माणमा राखेको नक्कली दाह्री अस्वभाविक देखिएको थियो । यसले गर्दा दर्शक उनीसँग निराश बनेका थिए ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन डेढ करोड हाराहारी मात्रै छ ।

पलको अर्को फिल्म ‘मायावी’को व्यापार पनि निराशजनक छ । यो फिल्मले करिब ७२ लाखको मात्रै व्यापार गरेको छ ।

‘मायावी’ले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन सकेन । फलतः फिल्म बक्स अफिसमा फ्लप बन्यो ।

यी तीन फिल्मलाई हेर्दा ०८१ पलको लागि सुखद मान्न सकिन्न । सोहीकारण होला पलले ०८२ मा नयाँ थलानी गर्ने घोषणा गरेका छन् । यो वर्ष भने उनले आफ्नो नायकको परिचयलाई निर्माताको रुपमा विस्तार गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर पलले फिल्म ‘यानीमाया’ निर्माणको घोषण गरेका हुन् । यो फिल्म ‘पल शाह फिल्मस्को ब्यानरमा बन्ने भएको हो ।

यो फिल्म पलको डेब्यू निर्माण हो । यसैबाट फिल्म लेखक विकास सुबेदीले निर्देशनमा डेब्यू गर्दैछन् । विकासले ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ लेखेका छन् ।

‘यानीमाया’को लेखक पनि विकास आफैँ हुन् । उनका अनुसार यो फिल्म फ्यामिली ड्रामा कथामा आधारित छ ।

यस फिल्मको छायाङ्कन असारबाट हुने बताइएको छ । कलाकार चयनको काम भने बाँकी रहेको बुझिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ४७ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय