चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन | Khabarhub Khabarhub

चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो । 

सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २९ करोड दुई लाख २२ हजार दुई सय २९ रुपैयाँ पुँजगत लाभकर र चार अर्ब ३९ करोड ४६ लाख ८६ हजार आठ सय ७६ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ ।

चैत महिनामा देशैभरीमा मोरङ र झापा जिल्लामा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको छ । सो महिनामा मोरङमा ३२ सय १५ र झापा जिल्लामा २६ सय ६७ वटा घरजग्गा कारोबार भएको छ ।

विभागको तथ्यांकअनुसार सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा एक अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा एक अर्ब १३ करोड १५ लाख, असोज महिनामा एक अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा एक अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

त्यस्तै, पुस महिनामा एक अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ, माघ महिनामा एक अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ र फागुन महिनामा एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ३२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण