सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ मा « Khabarhub

सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ मा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन २३ लाई तोकेको हो ।

पोस्टरमा सौगात र बेनिशालाई ग्रामीण जोडीका रुपमा प्रस्तुत गरिएको छ । वैशाखीको सहारामा उभिएका सौगातले हातमा रातो भाले बोकेका छन् । उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् ।

निर्माण पक्षका अनुसार फिल्मले माओवादी जनयुद्धको कथा समेटेको छ । सौगातले सिनेमामा जनयुद्धकोका घाइते व्यक्तिको भूमिका निर्वाह गरेको बताइएको छ ।

यस फिल्ममा सौगात र बेनिशासहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्माको अभिनय रहेने बताइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर साने मिलेर लेखेका हुन् ।

फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता यस फिल्मको लगानीकर्ता हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ५५ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय