मौसमको खराबीले हवाइसेवा अवरुद्ध, पर्यटक र यात्रु समस्यामा « Khabarhub

मौसमको खराबीले हवाइसेवा अवरुद्ध, पर्यटक र यात्रु समस्यामा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् ।

पर्यटकीय सिजन शुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण सबै उडान अवरुद्ध भएपछि पर्यटकको आवत–जावतमा समस्या परेको छ ।

शनिबार २५ वटा उडान रहेकोमा पाँचवटा उडान मात्र भएको र सोमबार र मङ्गलबार कुनै पनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका हवाई उडान अधिकृत अरुण कर्णले जानकारी दिए ।

हवाई उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका यात्रु अलपत्र बनेका हुन् ।

पर्यटकीय सिजन शुरु भएसँगै लुक्लामा दैनिक २५ भन्दा बढी उडान तय भएकोमा मौसममा सुधार नआउँदा उडान ठप्प भएको छ भने लुक्ला नजिक रहेको सुर्केबाट केही हेलिकोप्टरले उडान गरेको अधिकृत कर्णले बताए । यात्रुहरू मौसममा सुधार आउला र यात्रा गर्न पाइएला भनेर विमान कुरेर बसिरहेको पनि उनले जानकारी दिए ।

लगातार बाक्लो कुहिरो र वर्षाका कारण सीता एयर, समिट र तारा एयरलाइन्सका नियमित तथा निर्धारण नगरिएका (नन–सेड्युल) उडान हुन नसकेका हुन् ।
बाक्लो कुहिरोका कारण भीजीबीलीटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकोप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भीजीबीलीटी ५० मिटरभन्दा तल रहेको छ, जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ ।

त्यस्तै, सदरमुकामको फाप्लु विमानस्थलमा पनि तीन दिनदेखि कुनै उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।

फाप्लुमा पनि तारा, सीता र समिट एयरले उडान गर्ने गरेका छन् । उडान अवरुद्ध हुँदा कतिपय यात्रु उडानको पर्खाइमा रहेका छन् भने कतिपयले सडक मार्गबाट गन्तव्य तय गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ३५ बजे

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल

राहदानी खरिद प्रकरण : प्रतिवादीलाई यसरी लगिएको थियो विशेषमा (तस्बिरहरू) 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर