रिलायबल म्युचुअल फण्ड आजबाट बिक्री सुरु  | Khabarhub Khabarhub

रिलायबल म्युचुअल फण्ड आजबाट बिक्री सुरु 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्सकाे रिलायबल समृद्धि योजना बुधबार निष्कासन भएको छ । जसको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ । 

बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ । 

उक्त फण्डमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म आवेदन दिन पाइने छ । 

फण्ड १० रुपैयाँका दरले १० करोड कित्ता रहेको छ । जसमा १५ प्रतिशत एक करोड ५० लाख कित्ता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता योजना व्यवस्थापक इन्भेष्टमेलाई, १ प्रतिशत अर्थात् १० लाख कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि जारी गर्ने छ । 

उक्त फण्डको सुपरिवेक्षक विजय बहादुर शाह, भुवन कडेल, शशि निधि तिवारी, सागर कुमार घिमिरे र नीरज श्रेष्ठ रहने छन् । 

म्युचुलअ फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ११ बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर