सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन « Khabarhub

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोजमा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन थालिएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिग्रस्त जिल्लाहरूमध्ये काभ्रेको रोशी गाउँपालिका वडा नं २ नारायणटारबाट आंकलन सुरु गरेको हो ।

रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री रमेश लेखकले विस्तृत क्षति आंकलन सुरुवात गरे । उनले ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट सुरुवात गरिएको जानकारी दिए  ।

क्षति आंकलनपछि पुननिर्माण सहज हुने भन्दै उनले छिटो आंकलन सकाएर पुनर्निर्माण थाल्न प्रभावित र स्थानीय तहलाई आग्रह गरे । गृहमन्त्री लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको उल्लेख गरे । 

सो क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य सूर्यमान दोङले पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माण गरेर मात्रै पुनर्निर्माण पूर्ण हुने बताए । 

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएको भन्दै दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट तीन वटा क्लस्टरमा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत गरी २२ जना प्राविधिक खटिने बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले