ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ  « Khabarhub

ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको आरोपमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति
ग्लोबल इनोभेसन प्रालिको खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालीमाटीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५८ बजे

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना