आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ | Khabarhub Khabarhub

आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १५ दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरूबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २० औँ नम्बरमा निर्णय नै गरेर शिक्षकहरूका माग सम्बोधनका लागि आगामी वैशाख १२ गतेदेखि बोलाइएको संसद्को बर्खे अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गरिने जनाएको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका मन्त्रिपरिषद्का निर्णयमा २० औँ नम्बरमा शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्को लिखित धारणा सार्वजनिक गरेका हुन् ।

विभिन्न माग राखी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुरुङले विद्यालय फर्किन भनेका हुन् ।

शिक्षकका मागहरूको यथोचित सम्बोधन गर्नेबारे संवादलाई निरन्तरता दिने निर्णय पनि सरकारले गरेको छ ।

‘संघीय संसद्‍मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतको प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ’, गुरुङले भने,‘उक्त विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।’

हाल विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको पनि सरकारले शिक्षकहरूलाई भनेको छ ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को उत्तरपुस्तिका परीक्षण गर्ने एवम् कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्य गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ-आफ्नो काममा फर्किन आह्वान गर्ने निर्णय भएको छ’, गुरुङले भनेका छन्, ‘सोका लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासंघलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।’

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ४६ बजे

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले

तीनै तहका सरकारले अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं– नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका