आज २०८२ साल वैशाख ४ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ४ गते बिहीबारको राशिफल


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ४ गते बिहीबार। वैशाख कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। इमान्दारिताको प्रशंसा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्र व्यवहार गर्दा सोच्नु पर्ने दिन छ।

वृष : दिन राम्रो छ। आम्दानीको बाटो खुला छ। खर्च गर्दा सचेत हुनुपर्नेछ। मनमा खुशी बढ्नेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दिन तपाईंका लागि सामान्य छ। आफ्नो क्षमता नबुझ्दा समस्या झेल्नुपर्ने हुनसक्छ। खानपानमा ध्यान दिनुपर्नेछ। रोगको जोखिम बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : आजको दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। मान्यजनको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : संघर्ष गर्नुपर्ने दिन छ। नयाँ साथीसँगको संगतले दिन रमाइलोसँग बित्नेछ। आफूले गर्न खोजेको काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक क्षेत्रमा मन जानेछ। विदेशको आकर्षणले मन चञ्चल बन्नेछ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्रमा परिश्रम गर्नुपर्नेछ कामको थालनी गर्नु भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। आफन्तले सहयोग गर्ने दिन छ।

वृश्चिक : तपाईंको बोलीमा आज सरस्वतीको बास रहेकाले बोल्दा ख्याल गर्नुपर्ने छ। आजको दिन अरुको सेवामा भुल्नुभन्दा आफ्नो ख्याल गर्नुपर्ने समय आएको छ। खानपान र व्यायाममा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

धनु : रोजगारीको क्षेत्रमा ठुलो संघर्ष गर्नुपर्ने दिन छ। मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले खुशी दिनेछ। समाजमा नाम, दाम र इनाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। दिनको सदुपयोग गर्नुपर्ने देखिन्छ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारले अप्ठेरो परिस्थितिमा सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। जुनसुकै काम गर्दा पनि शान्त बनेर अगाडि बढ्नुपर्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु उचित हुन्छ। मिहिनेत गरेको ठाउँबाट श्रमको मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मान्यजनले नै अपमान गर्ने जोखिम हुनसक्छ। आज ठुलो लगानी नगर्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : ०६ बजे

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई