बूढानीलकण्ठमा मन्त्रीहरूसहित कांग्रेसको बैठक, सरकारको समीक्षा गरिँदै « Khabarhub

बूढानीलकण्ठमा मन्त्रीहरूसहित कांग्रेसको बैठक, सरकारको समीक्षा गरिँदै


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर नेताहरूमा चरम असन्तुष्टि देखिएपछि अहिले बूढानीलकण्ठमा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

करिब २ घण्टादेखि सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूसहितको बैठक बसिरहेको छ ।

बैठकमा पार्टीमा गठबन्धन सरकारबारे बढिरहेको चर्को असन्तुष्टिबारे छलफल भइरहेको स्रोतले जनाएको छ । उक्त असन्तुष्टिलाई सम्बोधन गर्ने उपायबारे नेतारहरूले साझा धारणा बनाउने भएका छन् ।

गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर पछिल्लो समय कांग्रेसका चर्को असन्तुष्टि छ । कुनै बेला एमाले र कांग्रेस मिल्नुपर्ने लबिइङमा रहेका नेता डा. शेखर कोइरालाले सुरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका थिए ।

त्यसपछि क्रमैसँग अन्य नेताहरूले पनि सरकारले कछुवाको गतिसमेत लिन नसकेको गुनासो गरिरहेका छन् । उपसभापति पूर्णबहादुर खड्कासमेत सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन् ।

उता महामन्त्री गगन थापाले त ओलीको बेडसम्मै बिचौलियाको रजगज रहेको बताएका छन्। उनले सरकारको गतिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री नै परिणाम दिनका लागि तात्न नछाडेको बताएका छन् ।

थापाले आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यका रुपमा ताते पनि ताप्केका रुपमा प्रधानमन्त्री ओली नै नतातेको बताएका छन् ।

उता अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारको विरोधमा उत्रिएका छन् । महामन्त्री थापाले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति रोकिएको प्रसंगमा प्रधानमन्त्रीको बेडरुममै बिचौलिया पुग्ने गरेको आरोप लगाएका छन् ।

थापाले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम चाहिँ तत्काल गर्ने गरेको तिखो टिप्पणी पनि गरेका छन् । उनको यही तिखो टिप्पणीबीच थापा बुधबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् ।

उनी बारा क्षेत्र नम्बर ३ स्थित नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन उद्घाटनका लागि बुधबार दिउँसो नै सिमरा पुगेका थिए । उता उपसभापति खड्का पनि बुधबार बसेको संयन्त्रको बैठकमा सहभागी भएनन् । यो बैठकमा कांग्रेसबाट सभापति देउवा, नेतृ आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको कार्यशैलीलाई लिएर आफ्नो ७ बुँदे असहमति सार्वजनिक गरिसकेका छन् । महामन्त्री थापा र उपसभापति खड्काले सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थिति जनाएको अवस्थामा कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बसेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : १९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन