ल क्याम्पसमा नेविसंघका प्रवेज सभापतिमा भिड्दै, अखिल र क्रान्तिकारीसहित चार संगठनको गठबन्धन « Khabarhub

ल क्याम्पसमा नेविसंघका प्रवेज सभापतिमा भिड्दै, अखिल र क्रान्तिकारीसहित चार संगठनको गठबन्धन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।

क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएपछि नेविसंघले सभापतिको उम्मेदवार तोकेको हो ।

सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौँ सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।

गठबन्धन

यसैबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनको गठबन्धन बनेको छ।

उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।

गठबन्धनबाट सभापतिमा अनेरास्ववियुका समीर रिजाल उठ्ने भएका छन् । सचिवमा अखिल क्रान्तिकारीका ओमप्रकाश सुनार उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका आशुतोष कुमार प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघि यो क्याम्पसमा नेविसंघसँग गठबन्धन हुँदा अखिल क्रान्तिकारीले सभापतिमा बाजी मारेको थियो । अरू पद भने अनेरास्ववियुले जितेको थियो । तर यस पटक पहिलेको गठबन्धन उल्टिएर नेविसंघ एक्लो भएको छ ।

नेविसंघले एमाले र माओवादीनिकट उक्त गठबन्धनलाई ‘आफूमाथि लक्षित’ का रुपमा टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ३४ बजे

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर

तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव

गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर (नवलपरासी)- नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी