ल क्याम्पसमा नेविसंघका प्रवेज सभापतिमा भिड्दै, अखिल र क्रान्तिकारीसहित चार संगठनको गठबन्धन | Khabarhub Khabarhub

ल क्याम्पसमा नेविसंघका प्रवेज सभापतिमा भिड्दै, अखिल र क्रान्तिकारीसहित चार संगठनको गठबन्धन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।

क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएपछि नेविसंघले सभापतिको उम्मेदवार तोकेको हो ।

सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौँ सेमेस्टरमा अध्ययनरत छन्। नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।

गठबन्धन

यसैबीच, नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनको गठबन्धन बनेको छ।

उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।

गठबन्धनबाट सभापतिमा अनेरास्ववियुका समीर रिजाल उठ्ने भएका छन् । सचिवमा अखिल क्रान्तिकारीका ओमप्रकाश सुनार उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका आशुतोष कुमार प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघि यो क्याम्पसमा नेविसंघसँग गठबन्धन हुँदा अखिल क्रान्तिकारीले सभापतिमा बाजी मारेको थियो । अरू पद भने अनेरास्ववियुले जितेको थियो । तर यस पटक पहिलेको गठबन्धन उल्टिएर नेविसंघ एक्लो भएको छ ।

नेविसंघले एमाले र माओवादीनिकट उक्त गठबन्धनलाई ‘आफूमाथि लक्षित’ का रुपमा टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ३ : ३४ बजे

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल

संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सङ्खुवासभा– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

हेडलाइन…पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बरालदर्शकको प्रतीक्षा