कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’ « Khabarhub

कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको घोडाघोडी सिमल खोला जंगलमा भेटिएका पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष शाह बिहीबार दिउँसो करिब १ बजे सिकिस्त भेटिएका थिए । घोडाघोडी नगरपालिका ९ को सिमली खोलानजिकै भेटिएका शाहको बिहीबार साँझ मृत्यु भएको हो ।

सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरीसहित अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । घरबाट बिहान करिब ९:३० बजे निस्किएका शाहले बाटोमा भेटिएका केहीलाई ‘अब यो संसारमा रहन्न’ भनेका थिए ।

ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो ।

‘सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदसहितको टोली स्थानीयको सूचनाका आधारमा त्यही पुगेको थियो । सूचनाकै आधामार हामी त्यहाँ लाग्यौँ,’ उनले भने, ‘उहाँलाई गम्भीर अवस्थामा भेट्यौ र तत्काल उद्दार गरेर अस्पताल ल्यायौँ ।’

प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।

सुसाइड नोटमा उनले परिवारका सदस्यलाई सम्बोधन गरेर आफ्ना भावनाहरू पोखेका छन् । त्यस्तै राजनीतिप्रति नैराश्य जगाउने सन्देश पनि दिएको प्रहरी स्रोतको भनाइ छ ।

सुसाइड नोटमा शाहले ‘म आजको मितिबाट यो संसारमा रहन्नँ । सबैको बोझ भएँ । अब यो बोझमा रहन चाहन्न । सत्य सत्य रामराम । सबै मिलेर बस्नु । झैझगडा नगर्नू’, भनेर लेखिएको छ । सुसाइड नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन् ।

‘दाइ तपाईं राजनीतिमा नआउनू । यो लाइन ठिक छैन । आफ्नै व्यापार गरेर खानु’ सुसाइड नोटमा भेटिएको छ । सुसाइड नोटमा हस्ताक्षर र मिति पनि उल्लेख भएको प्रहरीले जनाएको छ ।

‘परिवारका सदस्यहरूले पनि सुसाइड नोटमाथि केही प्रश्न गर्नु भएको छ । हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ,’ प्रहरी निरीक्षक साउँदले भने, ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’

२०७४ सालको स्थानीय चुनावमा शाह नेकपा (एमाले) बाट वडाध्यक्ष विजयी भएका थिए । ९ नम्बर वडामा विजयी भएका शाह अहिले पनि नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : १४ बजे

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर

तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव

गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर (नवलपरासी)- नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी