कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’ | Khabarhub Khabarhub

कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको घोडाघोडी सिमल खोला जंगलमा भेटिएका पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष शाह बिहीबार दिउँसो करिब १ बजे सिकिस्त भेटिएका थिए । घोडाघोडी नगरपालिका ९ को सिमली खोलानजिकै भेटिएका शाहको बिहीबार साँझ मृत्यु भएको हो ।

सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरीसहित अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । घरबाट बिहान करिब ९:३० बजे निस्किएका शाहले बाटोमा भेटिएका केहीलाई ‘अब यो संसारमा रहन्न’ भनेका थिए ।

ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो ।

‘सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदसहितको टोली स्थानीयको सूचनाका आधारमा त्यही पुगेको थियो । सूचनाकै आधामार हामी त्यहाँ लाग्यौँ,’ उनले भने, ‘उहाँलाई गम्भीर अवस्थामा भेट्यौ र तत्काल उद्दार गरेर अस्पताल ल्यायौँ ।’

प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।

सुसाइड नोटमा उनले परिवारका सदस्यलाई सम्बोधन गरेर आफ्ना भावनाहरू पोखेका छन् । त्यस्तै राजनीतिप्रति नैराश्य जगाउने सन्देश पनि दिएको प्रहरी स्रोतको भनाइ छ ।

सुसाइड नोटमा शाहले ‘म आजको मितिबाट यो संसारमा रहन्नँ । सबैको बोझ भएँ । अब यो बोझमा रहन चाहन्न । सत्य सत्य रामराम । सबै मिलेर बस्नु । झैझगडा नगर्नू’, भनेर लेखिएको छ । सुसाइड नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन् ।

‘दाइ तपाईं राजनीतिमा नआउनू । यो लाइन ठिक छैन । आफ्नै व्यापार गरेर खानु’ सुसाइड नोटमा भेटिएको छ । सुसाइड नोटमा हस्ताक्षर र मिति पनि उल्लेख भएको प्रहरीले जनाएको छ ।

‘परिवारका सदस्यहरूले पनि सुसाइड नोटमाथि केही प्रश्न गर्नु भएको छ । हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ,’ प्रहरी निरीक्षक साउँदले भने, ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’

२०७४ सालको स्थानीय चुनावमा शाह नेकपा (एमाले) बाट वडाध्यक्ष विजयी भएका थिए । ९ नम्बर वडामा विजयी भएका शाह अहिले पनि नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : १४ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको