वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट | Khabarhub Khabarhub

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट शीर्ष स्थानमा परेको छ । यो वर्ष नेपालको सिठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरु भएको भोटिङका आधारमा नेपाली परियोजना सर्वोत्कृष्ट भएको हो ।

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । उत्कृष्ट एकमा परेसँगै परियोजनाले ३० हजार युरो प्राप्त गर्नेछ ।

प्राप्त रकमबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणका काम गरिने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । सन् २०१७ र २०२१ मा मादी २ ताङतिङमा प्रकृतिका साथीहरु नामक संस्थाले वन कुकुर अनुसन्धानकालागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा लोपोन्मुख वन कुकुर देखिएका थिए ।

ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित परियोजना अघि बढाउने लक्ष्या रहेको बताइएको छ । वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्दछन् । यस प्रजातिको संंरक्षणकालागि जनचेतना, पानीको स्रोतकालागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । जंगलमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर हस्तकलाका सामग्री बनाएर बिक्री गरिने पनि उनले बताए ।
वन कुकुर किन संरक्षण गर्ने ?

दुर्लभ वन कुकुर संकटमा रहेको विज्ञ बताउँछन् । यो लोपन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको संख्या ९४९ देखि २२१५ को बीचमा रहेको अनुमान गरिएको छ । नेपामा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको संख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।

सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको संख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तार, प्रतिशोध स्वरुप मारिनु लगायत रहेको बताइएको छ ।

वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो । पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखापरेको बताइएको छ । मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका सो प्रजाति पुनः हराउन सक्ने अवस्था प्रति संरक्षणकर्मी चिन्तित छन् । विगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामोसमय देखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्य बताउँछन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १० : ५० बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका