कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने « Khabarhub

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
 
प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिइन् । 

यस वर्ष समितिले सङ्घीय संसद्बाट जारी भएका कानुन कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बालसुधार गृहमा मानवअधिकारको अवस्थासम्बन्धी स्थलगत अनुगमन गरेको थियो ।
 
आगामी दिनमा देशका विभिन्न भागमा रहेका मध्यवर्ती क्षेत्रका जनताको मानवअधिकारसम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिएको सभापति सुवेदीले जानकारी दिइन् ।
 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावका आधारमा मन्त्रालयले कानुन संशोधनको तयारी गरिरहेको जानकारी दिए । उनले केही कानुन संशोधनका लागि अन्तिम तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : १४ बजे

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ