शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम « Khabarhub

शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि सडकमा उत्रिने चेतावनी दिएका छन् ।

संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीहरूको मागलाई सम्बोधन नगरि संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउदै कर्मचारी संगठनले आफुहरूका सुझावका आधारमा संघीय निजामती सेवा ऐन अघि बढाउनुपर्ने माग गरेका हुन् ।

कर्मचारीको मागलाई बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका हुन् । राष्ट्रियस्तरका ट्रेड युनियनसँग संवाद र छलफल गरि प्रतिनिधिसभाको प्रथम बैठकअगावै विधेयक पेश गर्न सञ्जालले माग गरेको छ ।

संयुक्त ट्रेड युनियन सञ्जाल निरन्तर दबाबमुलक कार्यक्रममा रहेको अवस्थामा आफ्ना मागप्रति सरकार र संसद उदाशीन भइ सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ ।

संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजन छनौटको अवसर प्रदान गर्नुपर्ने आफूहरूको माग रहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए ।

सञ्जालको ज्ञापन पत्र बुझ्दै समितिका सभापति रामहरि खतिवडाले कर्मचारीका सरोकारका विषयलाई समावेश गर्दै विधेयक अघि बढाउने प्रतिवद्धता जनाए ।

सञ्जालले योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै सञ्जालले अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगितावाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : १८ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता