आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई « Khabarhub

आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलित नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका छन् । 

देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा उत्रिएको १७ औँ दिन बितेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि महासंघलाई बोलाएका हुन् । 

महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिए । उनले महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयारीमा रहेका जानकारी दिएका छन् ।

‘आज बेलुका ७ बजे सम्माननीय प्रधानमन्त्रीज्यूले आह्वान गर्नुभएको छ । भेट्नका लागि महासंघको टोली जान्छ,’ महासचिव थापाले भने, ‘अहिलेसम्म तयार गरेका कुरा उहाँसमक्ष राख्छौँ ।’ 

उनले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षकहरूको आन्दोलन जारी रहने पनि बताएका छन् । ‘यो आन्दोलन शिक्षा ऐन जारी नहुन्जेलसम्म चलाइरहन्छौँ,’ महासचिव थापाले भने । 

शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेबाट देशभरका शिक्षकहरू काठमाडौं उत्रिएर आन्दोलित छन् । उनीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा दिनुहँ प्रदर्शन गर्दा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ०९ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष