काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू « Khabarhub

काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडी सहभागी छन् । यस्तै ७ प्रादेशिक टोली प्रतियोगितामा सहभागिता छन् ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरणको खेल भए । दोस्रो दिन अन्तिम चरणका प्रतियोगिता हुने छन् ।

आयोजक संघका अध्यक्ष अच्युत खनालका अनुसार यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली च्याम्पियनसिपको छनोटका रुपमासमेत रहेको छ ।

जारी प्रतियोगितामा फ्रीस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल भएका छन् । शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा जारी छन् ।

कार्यक्रमको औपाचारिक उद्घाटन शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् ।

प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार दिने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २० बजे

अस्पतालमा प्रतिबन्ध र महँगीले औषधि प्रतिनिधि प्रभावित, सुविधा वृद्धि गर्न माग

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौंले औषधि प्रतिनिधिहरू

लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र

म्यान्मारमा नयाँ वर्षमा हजारौँ कैदी रिहा

बैङ्कक- म्यान्मारमा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना