चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता | Khabarhub Khabarhub

चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षक महासंघका प्रतिनिधीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि बालुवाटारमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ शिक्षक महासंघका प्रतिनिधिहरूलाई वार्ताका लागि बालुवाटारमा बोलाएका थिए ।

चितवनको कार्यक्रम सकेर प्रधानमन्त्री भर्खरै मात्र फर्किएका छन् । अब केहीबेरमा प्रधानमन्त्री र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता हुँदैछ ।

महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिएका थिए । उनका अनुसार महासंघका प्रतिनिधिहरू छलफलका लागि बालुवाटार पुगिसकेका छन् ।

महासचिव थापाले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षकहरूको आन्दोलन जारी रहने पनि बताएका छन् । ‘यो आन्दोलन शिक्षा ऐन जारी नहुन्जेलसम्म चलाइरहन्छौँ,’ महासचिव थापाले भने ।

शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेबाट देशभरका शिक्षकहरू काठमाडौं उत्रिएर आन्दोलित छन् । उनीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा दिनुहँ प्रदर्शन गर्दा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ३७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव