अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा « Khabarhub

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन र यस क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै बिहीबार चीनमा निर्मित र उसबाट सञ्चालित जहाजहरूमा नयाँ बन्दरगाह शुल्क जारी गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको करवृद्धिलाई लिएर संयुक्त राज्य अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहेको र यसले थप तनाव बढाउन सक्ने अवस्थाबीच यो कदम चालिएको हो ।

“अमेरिकी आर्थिक सुरक्षा र वाणिज्यको स्वतन्त्र प्रवाहका लागि पानीजहाज र पानीमार्फत् हुने ढुवानी महत्वपूर्ण छन्,” अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले नयाँ शुल्कको घोषणा गर्दै भने ।

नयाँ नियमअनुसार प्रतिटन भार वा प्रतिकन्टेनर शुल्क प्रत्येक बन्दरगाहमा नभई चीनसँग जोडिएका प्रत्येक जहाजको अमेरिकी यात्रामा लागू हुनेछ ।

शुल्क प्रति वर्ष पाँच पटकसम्म मात्र मूल्याङ्कन गरिनेछ र यदि उद्योग मालिकले अमेरिकी निर्मित जहाजको लागि अर्डर राख्छ भने यो शुल्क मिनाह गर्न सकिन्छ ।

दोस्रो विश्वयुद्ध पछि अमेरिकी जहाज निर्माण उद्योग विस्तारै गिरावट आएको छ र अब विश्वव्यापी उत्पादनको केबल ०.१ प्रतिशत मात्र कायम रहेको छ ।

यस क्षेत्रमा अहिले एसियाको प्रभुत्व छ । चीनले दक्षिण कोरिया र जापानलाई पछि पार्दै सञ्चालनमा आएका सबै जहाजहरूको लगभग आधा निर्माण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यी तीन एसियाली देशले ९५ प्रतिशतभन्दा बढी पानी जहाज निर्माण गर्छन् ।

चीन सञ्चालित पानीजहाज र चीनमा निर्मित जहाजका लागि छुट्टाछुट्टै शुल्क लाग्नेछ र त्यसपछिका वर्षहरूमा यी दुवै क्रमशः बढ्नेछन् ।

चीनमा निर्मित जहाजका लागि प्रति कन्टेनर १८ डलर वा प्रति कन्टेनर १२० अमेरिकी डलर शुल्क तोकिएको छ, जसको अर्थ १५ हजार कन्टेनर भएको जहाजमा १८ लाख अमेरिकी डलर शुल्क लाग्नेछ ।

बेइजिङले शुक्रबार नयाँ शुल्क ‘सबै पक्षका लागि हानिकारक’ हुने चेतावनी दिएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यसले विश्वव्यापी ढुवानी लागत बढाउँछ, विश्वव्यापी उत्पादन र आपूर्ति श्रृंखलाको स्थिरतालाई बिथोल्छ, संयुक्त राज्य अमेरिकाभित्र मुद्रास्फीतिको दबाब बढाउँछ र अमेरिकी उपभोक्ता र व्यवसायहरूको हितलाई हानि पुर्याउँछ ।

“अन्ततः, उनीहरूले अमेरिकी जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्न सफल हुनेछैनन्,” उनले भने ।

करिब ३० वटा उद्योगको प्रतिनिधित्व गर्ने अमेरिकी समूहले यस्तो शुल्कले आयातित वस्तुको मूल्यमा पर्न सक्ने जोखिमबारे मार्चमा चिन्ता व्यक्त गरेका थिए ।

समूहहरूले सर्वेक्षण गरेका एक व्यवसायीले चीन र अन्य देशहरूमा करका साथै स्टिल र आल्युमिनियम आयातमा करसहित प्रस्तावित शुल्कले ‘अमेरिकी खुद्रा बिक्रेताहरूलाई असाधारण दबाब’ दिने चिन्ता व्यक्त गरे ।

सबै गैर–अमेरिकी निर्मित कार ढुवानी गर्ने जहाजहरू पनि १८० दिनमा सुरु हुने शुल्कबाट प्रभावित हुनेछन् ।

वासिङ्टनले तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) बोक्ने जहाजका लागि पनि नयाँ शुल्क लागू गर्दैछ, यद्यपि ती तीन वर्षसम्म लागू हुँदैनन् ।

उक्त घोषणासँगै लेखिएको तथ्यपुस्तिकामा भनिएको छ, ‘ग्रेट लेक्स वा क्यारेबियन सिपिङ, अमेरिकी क्षेत्रहरूमा ढुवानी वा संयुक्त राज्य अमेरिकामा खाली आउने जहाजहरूमा ढुवानी हुने निर्यातलाई शुल्कले समेट्ने छैन ।

ग्रीरले केही जहाज, क्रेन र चिनियाँ कार्गो बोक्ने उपकरणहरूमा प्रस्तावित अतिरिक्त कर लागू हुने घोषणा गरेका हुन् ।

“ट्रम्प प्रशासनको कदमले चिनियाँ प्रभुत्वलाई उल्ट्याउनेछ, अमेरिकी आपूर्ति श्रृङ्खलामा रहेको खतरालाई सम्बोधन गर्नेछ र अमेरिकानिर्मित जहाजहरूको लागि माग सङ्केत पठाउन सुरु गर्नेछ,” ग्रीरले भने ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ५१ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज