क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर | Khabarhub Khabarhub

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्। यत्ति मात्र होइन यी दुई देशसहित आयरल्यान्डको समेत नागरिकता पाएका उनको चर्चा सर्वत्र छ। पूर्व प्रधानमन्त्री जस्टिन ट्रेडेउले कार्यकाल बाँकी रहँदा प्रधानमन्त्री पद त्याग्ने अवस्था आएकाले क्यानडाको बागडोर अहिले लेबर पार्टीका नेता तीनै कार्नीले सम्हालेका छन्।

कार्नीको राजनीतिक इतिहास धेरै लामो छैन। उनी आबद्ध दल लेबर पार्टीमा जस्टिन ट्रेडेउको शासन सत्तामा समस्या आएपछि उनको बेजोड उपस्थिति भएको हो। संयोग नै मान्नुपर्छ, उनी शासनमा आउनु केही समय अघि मात्र अमेरिकाको राष्ट्रपति कार्यालयमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पको प्रवेश भएको थियो।

जनवरीको पहिलो अन्तिम सातादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण तरङ्ग नै आएको थियो।

आप्रवासी नीति, सीमान्तकृतलाई दिइएको सहयोग रकम कटौती तथा ‘मेक अमेरिका ग्रेट एगेन’को नाममा ट्रम्पले चालेको नीतिको दीर्घकालीन असर कस्तो रहने हो भन्ने त्यो भविष्यको गर्भ नै रहने कुरा हो। अहिले प्रस्ट देखिएको दृश्य के हो भने ट्रम्प नीतिकै कारण विगतका दिनमा अमेरिकाका अत्यन्त निकट भनिएका केही देशको नेतृत्वमा धेरै कुरामा सोच्न बाध्य भएका छन्। यत्ति मात्र होइन त्यहाँको निर्वाचनको मूल एजेन्डा पनि प्रत्यक्ष या परोक्ष रूपमा ट्रम्प नीतिसँग सरोकार राख्ने किसिमका छन्।

२८ अप्रिलका दिन क्यानडामा आम निर्वाचन हुँदैछ। यस निर्वाचनमा पनि बहस सुरु भइसकेको छ। सुरुवाती बहसको विषय नै ट्रम्पको ‘ट्यारिफ’ तथा यसबाट आएका समस्याको मुकाबिलाको विषय बनेको छ। साथमा रियल स्टेटको मूल विषय बनेको छ।

मुख्य प्रतिस्पर्धी को हो ?
यस निर्वाचनमा मार्क कार्नी एक प्रमुख दाबेदार हुन्। ६० वर्षीय उनी पाटीको ८० प्रतिशत मत पाउँदै मार्च महिनादेखि लिबरल पार्टीको नेता भएका थिए। सन् २००८ मा संसारमा चलेको आर्थिक मन्दीबाट क्यानडा र बेलायत दुवैलाई पार गराउन गभर्नरको रूपमा उनको भूमिका महत्त्वपूर्ण थियो।

हार्वर्ड र अक्सफोर्डका पूर्व अर्थशास्त्रका विद्यार्थी कार्नी पदमा आएकै दिन डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१ औँ राष्ट्र हुने अभिव्यक्ति दिएका थिए। अमेरिकासँगको व्यापार युद्धका कारण उनी प्रचारमा भन्दा अन्तर्राष्ट्रिय कूटनीतिमा व्यस्त छन्।

उनको मुख्य प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका पियरे पोलिभियरे हुन्। राजनीतिमा दुई दशक बिताइसकेका उनी पहिलो पटक २५ वर्षको उमेरमा सांसद सदस्य भएका थिए। गएको २० वर्षदेखि उनले सानो मन्त्रीमण्डल र कम करको दायराको वकालत गरिरहेका छन्।

पछिल्लो समय उनी लिबरल पार्टी र ट्रेडेउ प्रतिको आक्रमणमा धेरै व्यस्त रहे। उनले यस क्रममा क्यानडालीले गुणस्तरीय जीवनयापन गर्न छाडेको आरोप लगाएका छन्।

सार्वभौम क्युबेकको वकालत गर्ने ब्लक क्युबेक्युयोसिसका नेता आइभेस फुन्चियस ब्लान्केट अर्का प्रभावशाली नेता हुन्। फ्रेन्च भाषा बोलिने क्यबेकका सो दल लोकप्रिय छ। त्यो दलले सफलता पाउने सम्भावना कमै छ। उनीहरूले ल्याउने मतले चुनावी परिणाममा धेरै नै असर गर्ने भने पक्का छ।

फ्रान्क व्यक्तिको छवि बनाएका उनी पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कटु आलोचक हुन्। न्यु डेमोक्र्याटिक पार्टीका नेता जगसित सिंह वामपन्थी झुकाव राख्छन् । उनको मूल एजेन्डा कामदार र श्रमसँग सरोकार राख्ने किसिमका हुन्छन्। पूर्व डिफेन्स अधिवक्ता उनी सन् २०१७ मा पार्टीको नेतृत्वमा चुनिएका हुन्। अल्पसङ्ख्यक समुदायका व्यक्ति दलको मुख्य नेता चुनिने उनी नै पहिलो व्यक्ति हुन्। सन् २०१९ को दशकमा दोस्रो ठुलो दलको रूपमा स्थापित एनडिपी सन् २०२१ को निर्वाचनमा ३३८ मध्यका २४ स्थानमा मात्र जित हात पार्न सफल भएको थियो।

प्रतिस्पर्धात्मक पछिल्लो सर्वेक्षण
बिहीबार उम्मेदवारको बिचमा बहस भएको थियो। सो बहसमा कार्नीले क्यानडा इतिहासकै गम्भीर मोडमा रहेको बताउँदै सही निर्णय र सही बाटो अवलम्बन गर्नु आवश्यक रहेको बताए।

अहिले निर्वाचनमा पोलिभियरेले जीवन यापनको समस्या आएको बताउँदै कार्नीको दलले लिएको नीति यसका लागि सबै भन्दा बढी घातक भएको बताएका छन्।

कार्यालयमा प्रवेश गरेकै दिनदेखि कार्नीले केही महत्त्वपूर्ण काम गरे। जलवायु नीतिमा ट्रेडेउले गरेको खर्चमा कटौती गरे। अस्ट्रेलियासँग सम्झौता गर्दै केही व्यापारिक बाधा हटाए। आर्थिक विकासमा केन्द्रित हुँदै उनी युरोपेली युनियनसँग नयाँ सहकार्यको तयारीमा समेत छन्।

मेन स्ट्रिम रिसर्चका डेटा विशेषज्ञका अनुसार क्यानडा अहिले दुई दलीय पद्धतितर्फ उन्मुख छन्। लिबरल र कन्जरभेटिभ बाहेक अन्य दलको खासै मत छैन। अन्य दलका परम्परागत मत अहिले लिबरल तर्फ आकर्षित भएको छ। यो नै पछिल्लो सर्वेक्षणमा कार्नीलाई एक स्थान माथि देखाउनका लागि एउटा कारण हो।

पोल ट्रयाकर ३३८ क्यानडाका अनुसार कानीको लिबरल पार्टीले ओन्टेरियाको १२२ सङ्घीय स्थानमा ९३ सिटमा जित हात पार्न सक्छ। ओन्टेरियाको साथमा टोरन्टो र यसको छेउका केही स्थानमा पकड जमाएर सरकार बनाउन आवश्यक सिट जित्ने अनुमान गरिएको छ।

यो सर्वेक्षण साँच्चै आश्चर्यजनक हो। गत डिसेम्बरमा अबासकस डेटाले सार्वजनिक गरेको रिपोर्ट अनुसार कन्जरभेटिभ पार्टी एकदम बलियो अवस्थामा थियो भने लिबरल सन् २०१५ यता सबै भन्दा कमजोर अवस्थामा थियो। क्यानडाका दुवै नेताले ट्रम्पसँग भेट्ने इच्छा जाहेर गरेका छन्।

कार्नीको कार्यकाल सुरु भएपछि लिबरल पार्टी एकाएक लोकप्रिय भए पनि अहिले फेरि सर्वेक्षणमा लिबरल दुई प्रतिशतले मात्र अघि देखिएको छ। अबासकस डेटाको पछिल्लो सर्वेक्षण अनुसार लिबरल ४० प्रतिशत तथा कन्जरभेटिभ ३८ प्रतिशतको अवस्थामा थिए। अप्रिलको सुरुवातमा ६ प्रतिशतको अन्तर थियो। अहिलेको यो पछिल्लो सर्वेक्षणमा दलको आधारमा कन्जरभेटिभ जस्तो भए पनि कार्नीको व्यक्तित्वले सबैलाई असर गरेको छ। नयाँ चुनौतीकाबीच गम्भीर मोडमा पुगेको क्यानडामा कार्नीको व्यक्तित्व नै चुनावको फ्याक्टर भएकोमा भने विमति हुँदैन। स्रोतः बिबिसी, पोलिटिको, अबासकस डेटा

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ८ : ५८ बजे

यात्रा संस्मरण : ‘ट्रान्जिट’ धनगढी

मिसन बाजुरा : धनगढीको यात्रासुदूरपश्चिमको राजधानी सहर हो धनगढी ।

जापानमा हप्तामा चार दिन काम, तीन दिन आराम सुरु, कुनकुन देशमा छ यस्तो व्यवस्था ?

काठमाडौं– विश्वका सबैभन्दा खुसीयाली देशमा गनिन्छन्, आइसल्याण्ड, डेनमार्क र नेदरल्याण्ड

रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ

पोखरा – पोखरा महानगरपालिका-८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठामाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव

पोखरा – सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्। सोमबार