बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै | Khabarhub Khabarhub

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो ।

यसै कार्यक्रम अन्तर्गत एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ५२ बजे

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन्

पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा– लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका

हलेसी दर्शन गरेर फर्कँदै गर्दा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

खोटाङ– हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार

एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए

काठमाडौं– पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्य