इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस् « Khabarhub

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो छ । आजकल आम प्रयोगकर्तादेखि कलाकारहरुले पनि इन्स्टाग्राममा रिल्स हालिरहेका हुन्छन् । तर, इन्स्टाग्राममा अपलोड गरेका कतिपय रिल्स भाइरल भइरहेका हुन्छन् त कुनै रिल्समा खासै भ्युज आउँदैन ।

आज हामी इन्स्टाग्राममा आफ्नो रिल्सलाई भाइरल बनाउन के गर्ने भन्नेबारे जानकारी दिनेछौँ ।

ट्रेन्डिङ संगीत प्रयोग गर्ने
रिल्सलाई भाइरल बनाउनका लागि पछिल्लो समय चलेका गीत–संगीतको प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताको जनजिब्रोमा झुण्डिएका गीत हाल्दा दर्शकले लामो समयसम्म रिल हेर्ने र धेरै दर्शकमाझ भाइरल हुने सम्भावना धेरै हुनछ ।

उच्च गुणस्तरका भिडियोहरू सिर्जना गर्ने
भाइरल हुन रिलको भिडियो गुणस्तर पनि राम्रो हुनुपर्छ । दर्शकहरु धमिलो वा कम गुणस्तरको भिडियो हेर्न रुचाउँदैनन् । सफा र उचित प्रकाशसँगै उच्च गुणस्तरको भिडियो राख्दा दर्शकहरुले रिल्सप्रति आकर्षित हुन्छन् । यसले पनि रिललाई भाइरल बनाउन मद्दत गर्छ ।

रचनात्मक सामग्री
संगीत र भिडियो गुणस्तरले मात्रै दर्शक आकर्षित हुँदैनन् । रिलको मूल सामग्री नै कमजोर र झुर छ भने जतिसुकै उच्च गुणस्तरको भिडियो वा संगीत बनाएपनि दर्शकलाई आकर्षित गर्न सकिन्न । त्यसका लागि आफ्नै मौलिक सोचमा आधारित रहेर सामग्री रचना गर्न सकिन्छ । यसका लागि कमेडी, डान्स, मनोरञ्जनात्मक वा जानकारीमूलक सामग्री बनाउन सकिन्छ ।

ह्यासट्याग
ट्रेन्डिङमा रहेका ह्यासट्यागको प्रयोग गर्दा पनि धेरैभन्दा धेरै दर्शकमाझ रिल फैलने सम्भावना हुन्छ ।

लगातार पोस्ट गर्ने
धेरै रिलहरु पोस्ट गर्दा भाइरल हुने सम्भावना पनि धेरै हुन्छ । इन्स्टाग्रामले नियमित रुपमा रिल पोस्ट गर्ने सक्रिय प्रयोगकर्ताको रिललाई धेरैभन्दा धेरै दर्शकमाझ पु¥याउने सम्भावना हुन्छ । वर्षमा वा महिनामा एक पटकमात्रै पोस्ट गर्दा रिल भाइरल हुने सम्भावना पनि कम हुन्छ ।

इन्टरएक्सन बढाउने
रिलमा दर्शकलाई कमेन्ट लाइक वा शेयर गर्न आग्रह गर्न सकिन्छ । जति धेरै लाइक कमेन्ट र शेयर हुन्छ तपाईँको रिल उति धेरै भाइरल हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०९ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने