कीर्तिमानी सूर्यवंशीले १४ वर्ष २३ दिनमा खेले आईपीएलः पहिलो बलमै हिर्काए छक्का | Khabarhub Khabarhub

कीर्तिमानी सूर्यवंशीले १४ वर्ष २३ दिनमा खेले आईपीएलः पहिलो बलमै हिर्काए छक्का


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै क्रिकेटरका लागि सपनाको प्रतियोगिता हो। यो प्रतिस्पर्धामा दैनिक केही न केही रेकर्ड बन्ने गर्छन्। तर शनिबार भएको खेलमा राजस्थान रोयल्सका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाएका छन्। उनले सबै भन्दा कम उमेरमा आईपीएल खेलेर इतिहास कायम गरेका हुन्।

लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इम्प्याक्ट खेलाडीको रूपमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए।

कप्तान सञ्जु सामसन घाइते भएपछि टोलीमा मौका पाएका सूर्यवंशीले लखनउविरुद्ध यशस्वी जयसवालसँग ओपनिङ ब्याटरको रुपमा मौका पाए। उनले आईपीएलको सुरुवात नै छक्का प्रहार गरेर गरेका छन्। उनले पहिलो बलमा शार्दूल ठाकुरलाई छक्का हिर्काएका हुन्। २० बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडेका उनी आइडन म्याक्रमको बलमा लखनउका कप्तान ऋषभ पन्तबाट स्टम्पिङ भए।

सूर्यवंशीले १४ वर्ष २३ दिनको उमेरमा पहिले आईपीएल खेल खेलेका हुन्। १३ वर्षको उमेरमा अस्ट्रेलिया यु-१९ सँगको खेलमा ५८ बलका शतक प्रहार गरेपछि उनी चर्चामा आएका थिए। उनी एक करोड बढी भारतीय रुपियाँमा यस सिजन राजस्थानमा आबद्ध भएका हुन्।

वैभव सूर्यवंशीलाई स्टम्प गरेपछि ऋषभ पन्त । तस्बिरः क्रिकइन्फो

यसअघि कान्छो खेलाडीको कीर्तिमान प्रायस राय बर्मनको नाममा थियो। सन् २०१९ को सिजनमा उनले रोयल च्यालेन्जर बंगलोरुको तर्फबाट १६ वर्ष १५७ दिनमा पहिलो खेल खेलेका थिए।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ५२ बजे

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन