निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ « Khabarhub

निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको हो । राप्रपाले स्थानीय प्रशासनसँग अनुमति मागेको जानकारी प्रहरीकहाँ आएको छैन ।

‘कर्डन एण्ड सर्च’ ड्युटीअन्तर्गत सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवासलगायतका संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

बबरमहलदेखि तीनकुनेसम्म प्रहरी तैनाथ छ । भद्रकाली र माइतीघरमा सुरक्षा कडा पारिएको छ । भद्रकाली-सिंहदरबार सडकमा प्रहरी तैनाथ छन्। नक्साल, भाटभटेनी मन्दिरस्थित ढुङ्गेधारा र गैरीधाराबाट खोर्सानीटारतिर प्रहरी खटिएएको छ ।

महाराजगञ्ज र नारायणगोपाल चोकमा प्रहरी तैनाथ छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीमा पनि प्रहरी छ । बालाजुतिरका सवारी साधन अस्कल क्याम्पसमा रोकेर ठमेलतिर डाइभर्ट गरिएको छ । प्रहरीले निषेधित क्षेत्रतिर कोही आए नियन्त्रणमा लिने लिने तयारी छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : २९ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले