एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश « Khabarhub

एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

अछाम- डा. भीम रावलको गृहजिल्ला अछामका ७१ जना नेता-कार्यकर्ताहरूले नेकपा (एमाले) छाडेका छन् ।

लामो समयदेखि रोकिएको एमालेको जिल्ला अधिवेशन आगामी वैशाख १३ देखि १५ सम्म हुने तयारी भइरहँदा एकजना प्रदेशस्तरका नेता र २ जना जिल्ला कमिटी सदस्यसहित ७१ जनाले पार्टी छाडेका हुन् ।

विशेष परिस्थिति भनेर धकेलिँदै आएको एमाले अछामको जिल्ला अधिवेशन डा. रावललाई पार्टीबाट निकालिएपछि गर्न लागिएको छ ।

अधिवेशनका प्रतिनिधि सबै भूगोल र क्षेत्रको छनोट वैशाख ६ गते गर्ने भनिएको थियो । अधिवेशनको तयारी चलिरहँदा एमाले छाडेको घोषणा गरेका नेता-कार्यकर्ताहरू डा. रावलको मातृभूमि जागरण अभियानमा जोडिएका छन् ।

एमाले छाड्नेहरूमा एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवर, जिल्ला कमिटी सदस्यहरूमा झंकर कुवँर र नृप सुनार छन् । उनीहरूसँगै गाउँ कमिटी अध्यक्ष, इलाका सदस्य, सम्पर्क मञ्चका पदाधिकारी र भ्रातृसंगठनका नेताहरू पनि छन् ।

उनीहरूले एमालेमा आन्तरिक लोकतन्त्र पनि सकिएको बताएका छन् । ‘वर्तमान अध्यक्ष केपी शर्मा ओलीको गुटगद राजनिति र कार्यशैलीबाट समाजवाद हुँदै साम्यवादमा जाने बाटो बन्द भएको महशुस भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भइसकेको छ’, उनीहरूले भनेका छन्, ‘जनवाद समाप्त भयो, निरंकुशता हावी भयो । विपरीत सिद्धान्तका नेता, कार्यकर्ता पार्टी भित्र ल्याउने र चुनाव लडाउने शर्तका लागि विपरीत सिद्धान्त मान्नेसँग घाँटी जोडेर सत्तामा जाने संविधान र लोकतान्त्रिक मूल्यमान्यताको उल्लघंन गर्ने पार्टीका उच्च नेताहरुमा भ्रष्टचारको आरोप लागे पनि पार्टीले कारबाही नगरी संरक्षण गरिरह्यो ।’

संयुक्त वक्त्व्यमा अध्यक्ष ओलिको स्वेच्छाचारी कार्यको भत्सना र विरोध पनि गरिएको छ । ‘देशको स्वाधीनता र समृद्धीलाई बलियो बनाउने गरी सुशासनका लागि आवाज उठाउँदै आउनु भएका जनताप्रति उत्तरदायी विकासप्रेमी, देशभक्त नेता डा. भीम रावलले प्रस्ताव गर्नुभएको मातृभूमि जागरण अभियान नेपाललाई सर्मथन गर्दै एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ’, उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ४६ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका