एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश « Khabarhub

एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

अछाम- डा. भीम रावलको गृहजिल्ला अछामका ७१ जना नेता-कार्यकर्ताहरूले नेकपा (एमाले) छाडेका छन् ।

लामो समयदेखि रोकिएको एमालेको जिल्ला अधिवेशन आगामी वैशाख १३ देखि १५ सम्म हुने तयारी भइरहँदा एकजना प्रदेशस्तरका नेता र २ जना जिल्ला कमिटी सदस्यसहित ७१ जनाले पार्टी छाडेका हुन् ।

विशेष परिस्थिति भनेर धकेलिँदै आएको एमाले अछामको जिल्ला अधिवेशन डा. रावललाई पार्टीबाट निकालिएपछि गर्न लागिएको छ ।

अधिवेशनका प्रतिनिधि सबै भूगोल र क्षेत्रको छनोट वैशाख ६ गते गर्ने भनिएको थियो । अधिवेशनको तयारी चलिरहँदा एमाले छाडेको घोषणा गरेका नेता-कार्यकर्ताहरू डा. रावलको मातृभूमि जागरण अभियानमा जोडिएका छन् ।

एमाले छाड्नेहरूमा एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवर, जिल्ला कमिटी सदस्यहरूमा झंकर कुवँर र नृप सुनार छन् । उनीहरूसँगै गाउँ कमिटी अध्यक्ष, इलाका सदस्य, सम्पर्क मञ्चका पदाधिकारी र भ्रातृसंगठनका नेताहरू पनि छन् ।

उनीहरूले एमालेमा आन्तरिक लोकतन्त्र पनि सकिएको बताएका छन् । ‘वर्तमान अध्यक्ष केपी शर्मा ओलीको गुटगद राजनिति र कार्यशैलीबाट समाजवाद हुँदै साम्यवादमा जाने बाटो बन्द भएको महशुस भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भइसकेको छ’, उनीहरूले भनेका छन्, ‘जनवाद समाप्त भयो, निरंकुशता हावी भयो । विपरीत सिद्धान्तका नेता, कार्यकर्ता पार्टी भित्र ल्याउने र चुनाव लडाउने शर्तका लागि विपरीत सिद्धान्त मान्नेसँग घाँटी जोडेर सत्तामा जाने संविधान र लोकतान्त्रिक मूल्यमान्यताको उल्लघंन गर्ने पार्टीका उच्च नेताहरुमा भ्रष्टचारको आरोप लागे पनि पार्टीले कारबाही नगरी संरक्षण गरिरह्यो ।’

संयुक्त वक्त्व्यमा अध्यक्ष ओलिको स्वेच्छाचारी कार्यको भत्सना र विरोध पनि गरिएको छ । ‘देशको स्वाधीनता र समृद्धीलाई बलियो बनाउने गरी सुशासनका लागि आवाज उठाउँदै आउनु भएका जनताप्रति उत्तरदायी विकासप्रेमी, देशभक्त नेता डा. भीम रावलले प्रस्ताव गर्नुभएको मातृभूमि जागरण अभियान नेपाललाई सर्मथन गर्दै एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ’, उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ४६ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा