‘महाभोज’का केन्द्रीय नायक हुन् दयाहाङ ? « Khabarhub

‘महाभोज’का केन्द्रीय नायक हुन् दयाहाङ ?


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने दिनेश राउत निर्देशित मल्टिस्टारर फिल्म ‘महाभोज’का नयाँ दुई पोस्टर सार्वजिनक भएको छ ।

निर्माण पक्षले आइतबार सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका केन्द्रीय कलाकार नायकहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र नायिकाहरू मलिका महत, अञ्जना बराइली र गौमाया गुरुङलाई प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा नेपाली नोट राखिएको छ । कलाकारहरू फरक-फरक मुद्रामा छन् ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ । जसमा केन्द्रीय ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारलाई पनि देखाइएको छ ।

यी दुवै पोस्टरमा दयाहाङलाई विशेष स्थान दिइएको छ । अन्य नायकहरूको तुलनामा उनको तस्बिर ठूलो छ । यसले भने फिल्ममा दयाहाङको भूमिका अन्य कलाकारको भन्दा विशेष रहेको संकेत गर्छ ।

निर्देशक राउतले ‘महाभोज’ मल्टिस्टारर फिल्म बताउँदै आएका छन् । उनले यसो भनिरहँदा पोस्टरले फिल्मको कथाको केन्द्र भागमा दयाहाङ रहेको संकेत गर्छ । तर, निर्माण पक्षले यसबारे केही जानकारी दिएको छैन ।

साथै, निर्देशक राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलबार टिजर सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

राउतका अनुसार महाभोज मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने, ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।’

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माता भने हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : १९ बजे

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा