‘महाभोज’का केन्द्रीय नायक हुन् दयाहाङ ? « Khabarhub

‘महाभोज’का केन्द्रीय नायक हुन् दयाहाङ ?


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने दिनेश राउत निर्देशित मल्टिस्टारर फिल्म ‘महाभोज’का नयाँ दुई पोस्टर सार्वजिनक भएको छ ।

निर्माण पक्षले आइतबार सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका केन्द्रीय कलाकार नायकहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र नायिकाहरू मलिका महत, अञ्जना बराइली र गौमाया गुरुङलाई प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा नेपाली नोट राखिएको छ । कलाकारहरू फरक-फरक मुद्रामा छन् ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ । जसमा केन्द्रीय ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारलाई पनि देखाइएको छ ।

यी दुवै पोस्टरमा दयाहाङलाई विशेष स्थान दिइएको छ । अन्य नायकहरूको तुलनामा उनको तस्बिर ठूलो छ । यसले भने फिल्ममा दयाहाङको भूमिका अन्य कलाकारको भन्दा विशेष रहेको संकेत गर्छ ।

निर्देशक राउतले ‘महाभोज’ मल्टिस्टारर फिल्म बताउँदै आएका छन् । उनले यसो भनिरहँदा पोस्टरले फिल्मको कथाको केन्द्र भागमा दयाहाङ रहेको संकेत गर्छ । तर, निर्माण पक्षले यसबारे केही जानकारी दिएको छैन ।

साथै, निर्देशक राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलबार टिजर सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

राउतका अनुसार महाभोज मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने, ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।’

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माता भने हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : १९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान