विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट कैलारी-८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् । 

सङ्खुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ५३ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको