सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो « Khabarhub

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि रुचाइएका कलाकार हुन् । वि.सं २०७६ को मध्यतिर उनी अभिनयको विश्राम घोषणा गरेर व्यवसायमा लागे ।

उनले तीनकुनेमा एक होटल सञ्चालन गरेका थिए । उनी आफैँ कुक थिए । त्यसयता अभिनयमा उनको सक्रियता न्यून छ । उनी फ्याट्टफुट्ट केही फिल्ममा देखिए ।

०८१ सालमा कामेश्वरले फिल्म ‘फेरि रेशम फिलिली’मा अभिनय गरे । यस फिल्ममा उनको भूमिका सशक्त छ । ‘फेरि रेशम फिलिली’ ०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो ।

सिक्वेलको अभिनयलाई उनले फिल्ममा आफ्नो कमब्याक भनेका थिए । तर, यसपछि उनी अर्को कुन फिल्ममा देखिन्छन् भन्ने टुंगो थिएन । उनको कमब्याक यही फिल्ममा सीमित हुने जोखिम थियो ।

तर, उनको अभिनय कमब्याक नै सावित भएको छ । उनले ०८१ सालमै अर्को फिल्मका लागि सम्झौता गरेको खबर बाहिरिएको छ ।

उनी सेभेन सिज सिनेमाको ब्यानरमा बन्ने फिल्म ‘अभिमन्यु’को लिड हिरोकाका लागि अनुबन्ध भएका हुन् ।

‘अभिमन्यु’मा नायिकाहरू गौमाया गुरुङ, सरिता गिरी र लक्ष्मी बर्देबा केन्द्रीय भूमिकामा रहने बताइएको छ । यो फिल्मको छायाङ्कन अहिले जारी छ ।

कामेश्वर यस फिल्ममा केन्द्रीय नायक रहेपनि निर्माण पक्षले यसबारे जानकारी नदिई छायाङ्कन गरिरहेको छ । यता कामेश्वरले पनि यसबारे केही जानकारी दिएका छैनन् ।

निर्माण पक्षले प्रचारको अस्त्रका रुपमा कामेश्वरलाई गुपचुप राखेको बुझिएको छ ।

सुशान्त गौतम ‘अभिमन्यु’ निर्देशन गर्दैछन् भने निर्माता विनोद पौडेल हुन् । यसका लेखक मुकेश खनाल हुन् । प्रदर्शन मिति आगामी भदौ २७ लाई तोकिएको छ ।

यो फिल्म हिन्दी र नेपाली भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माता पौडेल रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ५७ बजे

रास्वपा महाधिवेशन सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका