मोदी नआए पनि आउँदैछन् एकपछि अर्का भारतीय मन्त्री « Khabarhub

मोदी नआए पनि आउँदैछन् एकपछि अर्का भारतीय मन्त्री


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार ३१ गते तेस्रो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली न अहिलेसम्म भारत जान सकेका छन् न समकक्षी नरेन्द्र मोदी नै नेपाल आउने टुंगो भएको छ ।

आफ्नो चहानाविपरीतको सरकार बनेको भन्दै रुष्ट रहेको भारतले आजका दिनसम्म ओलीलाई निम्तो पठाएको छैन । ओली र मोदीबीच न्यूयोर्क र बैंककमा दुई पटक भेट भइसककेको छ ।

तर, भारतले अझै पनि ओलीलाई निम्तो पठाउन अनिच्छा देखाइरहेको छ । मोदीले नेपालमा हुने सगरमाथा संवादमा पनि व्यस्त रहेको भन्दै सहभागी नहुने बताइसकेका छन् ।

यसबारेको जानकारी बिम्स्टेक सम्मेलनमा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्री ओलीले नै दिइसकेका छन् । मोदी र ओलीबीच एकअर्काको देशमा भ्रमण अनिश्चित हुँदा दुवै देशका मन्त्रीहरूको भने ओहोरदोहोर चलिरहेको छ ।

चैत २६ गते काठमाडौं आएका भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तीन दिनसम्म नेपाल बसेर फर्किएलगत्तै अर्का मन्त्री आउन लागेका हु्न् ।

चौहान काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बीएएमएम) मा सहभागी हुन आएका थिए । उनी उक्त बैठकमा सहभागी भएर चन्द्रागिरिसमेत घुम्न गएका थिए ।

त्यसबेला बितेका एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको सन्दर्भमा बैठक भएको थियो । उनले उक्त बैठकका बेला नेपालस्थित समकक्षी रामनाथ अधिकारीलाई पनि भेटेका थिए ।

चौहान गएको केही सातामै अब भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आउन लागेका हुन् ।

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले समकक्षी खट्टरलाई नेपाल आउने निमन्ता दिएका थिए । खट्टर वैशाख ९ गते मंगलबार दुई दिने भ्रमणका लागि आउन लागेका हुन् ।

ऊर्जामन्त्री खड्कासँगै खट्टरले वैशाख ९ गते दिउँसो भारतको सहयोगमा तयार भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत् इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम संखुवासभाको तुम्लिङटार सव-स्टेशनमा हुनेछ ।

त्यही दिन उनले भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ ।

संखुवासभाबाट आएपछि खट्टरले मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट्ने कार्यक्रम छ । विद्युतमन्त्री खट्टरले त्यही साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : १९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल