राजावादीबारे प्रचण्डले भने- निरंकुशताको वकालत गर्ने आन्दोलन होइन, अपराध हो | Khabarhub Khabarhub

राजावादीबारे प्रचण्डले भने- निरंकुशताको वकालत गर्ने आन्दोलन होइन, अपराध हो

‘पार्टीहरूलाई लागेको रोग उपचार जरुरी छ’


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता ल्याउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप आन्दोलन हु्न नसक्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा दिए ।

विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूमा देखा परेको रोगको भने उपचार गरिनुपर्ने बताएका छन् ।

दलहरूमा लागेको रोगको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उनले उल्लेख गरे । संविधान जारी गर्दा दलहरूबीच १० वर्षपछि समीक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए। संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने उनको भनाइ छ ।

‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ। हामी पछाडि फर्किन गर्ने छैनौँ। अगाडि बढ्न समीक्षा गर्ने हो’, उनले भने, ‘जनताका उपलब्धिहरू खोस्न होइन, उपलब्धि थप बलियो बनाउन, विस्तार र परिमार्जन गर्न समीक्षा गरिन्छ ।’

उहाँको भनाइमा लोकतन्त्रमा नेताको भूमिका अनिवार्य हुन्छ, र ‘नेतातन्त्र’ भन्ने शब्दले लोकतान्त्रिक मूल्य र संरचनामाथि प्रहार गर्दछ।
‘लोकतन्त्रमा नेतातन्त्र भन्ने कुरै हुँदैन। नेता नभएको पार्टी हुँदैन। कोही नेता गलत हुन सक्छ, तर तन्त्रको रूपमा नेतातन्त्र भन्ने मिल्दैन। मुख्य कुरा लोकतन्त्रको पक्षमा हो कि होइन भन्ने हो,’ उहाँले स्पष्ट गर्नुभयो।
‘यसरी भन्नाले कतै निरंकुशता, दलविहीनता वा निर्दलीयतालाई प्रोत्साहन दिन खोजिएको त होइन? यदि त्यसो हो भने, त्यो जनतालाई बुझाउनु आवश्यक छ।’

गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको उनको टिप्पणी थियो।

‘हामी गणतन्त्रवादी मिलेर शान्ति सम्झौता गरेका थियौँ, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं। तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौँ भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,’ उनले भने ।

‘मैले पनि अनेकौं पहल गरेको हुँ, तर हामीबीच एकता कायम हुन सकेन। यसले कतै न कतै समस्या रहेको स्पष्ट हुन्छ’, उनले भने ।

दाहालले गणतन्त्र पक्षधरहरूलाई आत्मसमीक्षा गरेर मात्रै एकता सम्भव हुनेमा जोड दिएका छन्।

‘कहाँ गल्ती भयो? जनताको भावना र आवश्यकता सम्बोधनमा, विकासको दृष्टिकोणमा हाम्रो त्रुटि के रह्यो? त्यो आत्मसमीक्षा गरेपछि मात्र हामीबीचको एकता सार्थक र परिणाममुखी बन्न सक्छ,’ उनले भने ।

पार्टीहरूमा केही न केही रोग रहेको दाबी पनि उनले गरे । ‘माओवादीले एमालेलाई, एमालेले कांग्रेसलाई दोष दिन सक्छन्। तर सबै पार्टीहरू अलिकति रोगी छन्,’ उनले भने । ‘पहिलेको जस्तो ताजगी छैन, आन्दोलनकालको जस्तो जनसंगठन छैन। त्यसैले उपचार आवश्यक छ’, दाहालले भने ।

उपचारको पहिलो उपाय आत्मसमीक्षा हो भन्नेमा उनले जोड दिए । ‘जब व्यक्तिले आफूमा रोग छ भन्ने बुझेपछि मात्र उपचार सुरु हुन्छ। त्यसैगरी पार्टीहरूले पनि आफूमा समस्या छ भन्ने आत्मबोध गर्नुपर्छ। त्यसपछि मात्र जनभावनाको सम्मान गर्दै सुधार सम्भव हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १० बजे

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द