ट्रेड टावरले जारी गर्‍याे आईपीओ, उठेको रकमले ऋण तिर्ने र छानो टाल्ने   | Khabarhub Khabarhub

ट्रेड टावरले जारी गर्‍याे आईपीओ, उठेको रकमले ऋण तिर्ने र छानो टाल्ने  


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथली र गौशालामा रहेको ट्रेड टावर लिमिटेडले सोमबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको  छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले आईपीओबाट उठेको रकम बैंकको साँवा र ब्याज भुक्तानी गर्ने र छानो मर्मत गर्ने भएको छ । कम्पनीले उठेको रकममध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । थप ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने जानकारी दिएको छ ।

कम्पनीले ७९ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने कम्पनीले बताएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूको पछि सर्वसाधारणका लागि आईपीओ आउने छ ।

कस्तो छ कम्पनी ?
ट्रेड टावरको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीले तीन वर्ष लगातार नाफा गरेको छ ।

कपनीले आर्थिक वर्ष २०७८–७९ मा १ करोड ३८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा २ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ म ४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा कम्पनीको नाफा ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीले आगामी तीन आर्थिक वर्ष अन्तर्गत २०८१–८२ मा ६ करोड ६१ लख ६३ हजार, ०८२–८३ मा १० करोड १५ लाख ८ हजार र ०८२–०८३ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७८–७९ मा १०३ रुपैयाँ ९७ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७९–८० मा १०७ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा १२३.०५ रुपैयाँ थियो भने आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा ११३ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा १०८ रुपैयाँ ११ पैसा, ०८२–८३ मा ११२ रुपैयाँ ४५ पैसा र ०८२–८३ मा ११५ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर आमदानी आर्थिक वर्ष २०७८–७९ मा २.०६ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९–८० मा ३ रुपैयाँ ५९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा ५ रुपैयाँ ६३ पैसा थियो भने आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा १ रुपैयाँ ८८ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

कम्पनीले आर्थिक वर्षमा ०८१–८२ मा २ रुपैयाँ २ पैसा, ०८२–८३ मा ४ रुपेयाँ ३३ पैसा र आव ०८२–८३ मा ५ रुपैयाँ ९५ पैसा प्रतिशेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ४७ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक