ट्रेड टावरले जारी गर्‍याे आईपीओ, उठेको रकमले ऋण तिर्ने र छानो टाल्ने   « Khabarhub

ट्रेड टावरले जारी गर्‍याे आईपीओ, उठेको रकमले ऋण तिर्ने र छानो टाल्ने  


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथली र गौशालामा रहेको ट्रेड टावर लिमिटेडले सोमबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको  छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले आईपीओबाट उठेको रकम बैंकको साँवा र ब्याज भुक्तानी गर्ने र छानो मर्मत गर्ने भएको छ । कम्पनीले उठेको रकममध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । थप ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने जानकारी दिएको छ ।

कम्पनीले ७९ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने कम्पनीले बताएको छ । वैदेशिक रोजगारीमा रहेकाहरूको पछि सर्वसाधारणका लागि आईपीओ आउने छ ।

कस्तो छ कम्पनी ?
ट्रेड टावरको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीले तीन वर्ष लगातार नाफा गरेको छ ।

कपनीले आर्थिक वर्ष २०७८–७९ मा १ करोड ३८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा २ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ म ४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा कम्पनीको नाफा ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीले आगामी तीन आर्थिक वर्ष अन्तर्गत २०८१–८२ मा ६ करोड ६१ लख ६३ हजार, ०८२–८३ मा १० करोड १५ लाख ८ हजार र ०८२–०८३ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७८–७९ मा १०३ रुपैयाँ ९७ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७९–८० मा १०७ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा १२३.०५ रुपैयाँ थियो भने आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा ११३ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा १०८ रुपैयाँ ११ पैसा, ०८२–८३ मा ११२ रुपैयाँ ४५ पैसा र ०८२–८३ मा ११५ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर आमदानी आर्थिक वर्ष २०७८–७९ मा २.०६ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९–८० मा ३ रुपैयाँ ५९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा ५ रुपैयाँ ६३ पैसा थियो भने आर्थिक वर्ष २०८१–०८२ को पुस मसान्तसम्ममा १ रुपैयाँ ८८ पैसा प्रतिशेयर आम्दानी रहेको छ ।

कम्पनीले आर्थिक वर्षमा ०८१–८२ मा २ रुपैयाँ २ पैसा, ०८२–८३ मा ४ रुपेयाँ ३३ पैसा र आव ०८२–८३ मा ५ रुपैयाँ ९५ पैसा प्रतिशेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ४७ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००