जापानमा हप्तामा चार दिन काम, तीन दिन आराम सुरु, कुनकुन देशमा छ यस्तो व्यवस्था ? | Khabarhub Khabarhub

जापानमा हप्तामा चार दिन काम, तीन दिन आराम सुरु, कुनकुन देशमा छ यस्तो व्यवस्था ?


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका सबैभन्दा खुसीयाली देशमा गनिन्छन्, आइसल्याण्ड, डेनमार्क र नेदरल्याण्ड । यी देशमा चार दिन कार्य सप्ताह (फोर डे वर्क विक) लागू भइरहेको छ । यो अभियानले मात्र दोहन (बर्नआउट) का लागि काम गरेको छैन यद्यपि मानसिक स्वास्थ्यमा समेत सुधार गरेको छ । जागिरबाट सन्तुष्टि बढाएको छ र कार्यसम्पादन समेत चुस्त भएको पाइएको छ ।

विश्वका कर्मचारीका लागि ‘तीन विकेन्ड’को नीति लामो समयदेखि सपनाका रुपमा रहेको छ । तर अब यो सपना विस्तारै पूरा हुँदैछ । समयसँगै वर्क कल्चर (काम गर्ने संस्कार) मा परिवर्तन हुँदैछ । विशेष गरी कोरोना महामारीपछि चार दिने कार्य सप्ताह निकै चर्चाको विषय बनेको थियो ।

आफ्ना कर्मचारीलाई खुसी प्रदान गर्न र उत्पादनमा बढोत्तरी गर्नका लागि कयौं देश र कम्पनीले यो नीतिलाई अवलम्बन गरेका छन् । ‘फोर डेइज वर्क विक’ १००–८०–१०० को मोडलमा लागू गरिन्छ । जसको अर्थ श्रमिकलाई शत प्रतिशत पारिश्रमिक प्राप्त हुनु, ८० प्रतिशत समय प्राप्त हुनु र शत प्रतिशत दक्षताका साथ कार्यसम्पादन गरिनुु भन्ने हुन्छ ।

यो मोडलको नेतृत्व ‘फोर डेइ विक’ नामक एक समूहले गरिरहेको छ । यो समूहले सन् २०२३ को अन्त्यमा जर्मनीमा एउटा ठूलो अभियान सञ्चालन गरेर सुरु गरेको थियो । यो अभियानले त्यसअघि पनि स्पेन, पोर्चुगल र ब्रिटेनजस्ता देशमा चार दिने कार्य सप्ताहलाई सफलतापूर्वक परीक्षण गरेको थियो ।

यहाँ त्यस्ता केही देश छन् जसले ‘फोर डेइज वर्क विक’ लागू गरेका छन् ।

जापान

जापानको बढ्दो जनसाङ्ख्यिकी सङ्कटका कारण टोकियोले अप्रिल २०२५ देखि लागू हुने गरी ‘काम–जीवन’ मा सन्तुलन र सुधार गर्न साथै देशको घट्दो जन्मदरलाई सम्बोधन गर्न सरकारी कर्मचारीलाई चार दिनको कार्य हप्ताको व्यवस्था गरेको छ ।

यसबाहेक, नयाँ ‘बाल हेरचाह आंशिक बिदा’ को नीति अवलम्बन गरेको छ । काम गर्ने अभिभावकलाई आफ्नो कार्यदिवस दुई घण्टा घटाउन अनुमति दिएको छ । जसले गर्दा बाल हेरचाह व्यवस्थापन गर्न सजिलो हुनेछ ।

गभर्नर युरिको कोइकेले लचिलो कार्यशैलीको महत्त्वमा जोड दिएकी छनन् जसले महिलाहरूलाई करियर र परिवारबीच रोज्न बाध्य नगरोस् । जापानले आफ्नो जनसङ्ख्यालाई कायम राख्न सङ्घर्ष गरिरहेको छ । जसको राष्ट्रिय प्रजनन दर मात्र १.२ र टोकियोमा अझ कम ०.९९ छ ।

बेतलबी घरेलु काममा असन्तुलनमा योगदान पुर्‍याउने एउटा प्रमुख कारक भनेको जापानी महिलाहरूले पुरुषहरूको तुलनामा पाँच गुणा बढी घरायसी कामहरू सम्हाल्छन् । चार दिनको हप्ताले पुरुषहरूलाई घरमा बढी जिम्मेवारी बाँड्न प्रोत्साहित गर्न सक्छ ।

बेल्जियम

बेल्जियम २०२२ मा कोभिडपछिको श्रम सम्झौताको एक अङ्गका रुपमा चार दिनको कार्य हप्तालाई कानूनमा पारित गर्ने पहिलो युरोपेली देश बन्यो । कर्मचारीहरूले अब तलब कटौती बिना आफ्नो ४० घण्टाको हप्तालाई चार दिनमा छोट्याउन सक्छन् । यो कानूनी सुधारले ‘राइट टु डिस्कनेक्ट’ विच्छेद गर्ने अधिकारसमेत प्रदान गर्‍यो । जसले ठूला कम्पनीहरूमा काम गर्ने कामदारहरूलाई एक घण्टापछि कामको सन्देशहरूलाई बेवास्ता गर्ने अनुमति दिन्छ । यो कानुनी ढाँचा बर्नआउट कम गर्न र कर्मचारीहरूलाई साँच्चै आराम र रिचार्ज गर्न समय पाउने बताइएको छ । यसले मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्न लागू गरिएको हो । अर्को उल्लेखनीय पक्ष रोजगारदाता र कर्मचारी दुवैले चार दिनको व्यवस्थामा सहमत भने हुनुपर्छ – यो स्वेच्छाचारी विषय भने होइन । यो व्यवस्थाले कामको तालिकालाई प्रत्येक छ महिनामा समीक्षा गर्छ । यसले दुवै पक्षहरूको आवश्यकतालाई आत्मसात् गरेको हुन्छ ।

जर्मनी

जर्मनीको २०२३–२४ को चार–दिने कार्य सप्ताहको परीक्षणमा ४१ कम्पनीहरू संलग्न भएका थिए । र उत्साहजनक परिणामहरू देखाए । तिनीहरूमध्ये लगभग ७३% ले नयाँ संरचनालाई निरन्तरता दिने योजना बनाएका छन् । जर्मनी सधैं उत्पादकता र दक्षताको मूल्याङ्कन गर्ने देश रहेको छ । र, यो विश्वको सबैभन्दा छोटो औसत कार्य हप्ताहरू लागू गर्ने मध्ये एक देश हो जहाँ हप्तामा कामदारले ३४ घण्टा काम गरे पुग्छ । यो देशको सकारात्मक अनुभवले सुझाव दिन्छ कि कम घण्टाको अर्थ कम काम होइन, बरु यो केवल स्मार्ट, बढी केन्द्रित प्रयासहरू हुन् जसले कर्मचारीहरूलाई खुसी र बढी संलग्न बनाउँछ । कम्पनीहरूले उत्पादकता, अनुपस्थिति, वा वित्तीय प्रदर्शनमा कुनै उल्लेखनीय गिरावट देखेनन्, जसले सङ्केत गर्दछ कि कम घण्टा काम गर्ने अभ्यासले पनि व्यावसायिक सञ्चालनमा प्रतिकूल असर पारेको छैन ।

आइसल्याण्ड

आइसल्याण्डले २०१५ र २०१९ को बीचमा यो परीक्षण गरेको थियो । प्रारम्भिक चरणमा यो अभ्यासले कम घण्टा काम गर्दा पनि वास्तवमा राम्रो उत्पादकत्व निम्त्याउन सक्ने प्रमाणित ग¥यो । सार्वजनिक क्षेत्रका कर्मचारीहरूले तलब नगुमाई आफ्नो काम गर्ने घण्टा प्रति हप्ता ४० बाट घटाएर ३५–३६ सम्म बनाए । २०२२ सम्ममा आधाभन्दा बढी कामदार सर्टलिस्टमा परेका थिए । सबैभन्दा महत्त्वपूर्ण कुरा कामदारको कल्याणमा उल्लेखनीय सुधार भयो । र देशको अर्थतन्त्रमा कुनै असर परेन । यसको विपरीत यसले ४.१% को स्वस्थ जिडिपी वृद्धि कायम राख्यो । खुसी कामदारहरूले बलियो अर्थतन्त्रलाई अगाडि बढाउन सक्छन् भन्ने आइसल्याण्डमा प्रमाणित भयो ।

डेनमार्क

डेनमार्कले औपचारिक रूपमा चार दिने कार्य हप्ता को अभ्यास सुरु गरेको छैन । तर यसको औसत कार्यहप्ता पहिले नै ३७ घण्टा मात्र छ । आराम र सन्तुलित जीवनशैली, जुन यसको वर्क कल्चर (कार्यस्थल संस्कृति) मा देखिन्छ । डेनिस कामदारहरूले पनि पाँच हप्तासम्म समवर्ती तलबी बिदाको आनन्द लिन्छन् । जुन २०२० को कानूनअन्तर्गत पर्छ । यसले वर्क लाइफ (काम–जीवन) मा सद्भावको बलियो अभिवृद्धि गरेको देखिन्छ । घटाइएको घण्टा र लचिलो समय बिदाले राष्ट्रिय खुशी र उत्पादकतामा ठूलो योगदान पु¥याउन सक्छ भन्ने यो देशमा प्रमाणित भएको छ ।

सन्तुलनतर्फको परिवर्तनः जापानको चार–दिने कार्यहप्ताको अभ्यासले जीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ
जापानले चार–दिनको कार्यहप्ता अपनाउने कदमले कार्य–जीवन सन्तुलन, उत्पादकता र मानसिक स्वास्थ्यमा केन्द्रित बढ्दो विश्वव्यापी प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ । दीर्घकालीन प्रभावको मूल्याङ्कन गर्न अझै हतार भए पनि, यो परिवर्तनले आधुनिक जीवनको आवश्यकतालाई राम्रोसँग मिलाउन देशहरूले परम्परागत कार्य मोडेलहरूलाई कसरी पुनर्विचार गरिरहेका छन् भन्ने कुरामा ठूलो परिवर्तनको सङ्केत गर्दछ ।

दटाइम्सअफइण्डियाबाट

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ४१ बजे

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म

भारतीय विद्युत् मन्त्री काठमाडौंमा

 काठमाडौं– भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर

चैते धान खेतीप्रति किसानको आकर्षण

कैलाली– भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती