कप्तान गिलको सानदार ब्याटिङमा कोलकाताविरुद्ध गुजरातको सहज जित | Khabarhub Khabarhub

कप्तान गिलको सानदार ब्याटिङमा कोलकाताविरुद्ध गुजरातको सहज जित


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध सहज जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको गुजरातले कोलकातालाई ३९ रनले हराएको हो।

कप्तान सुभमन गिल र साई सुदर्शनको अर्धशतकमा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए। आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे। गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुईदुई विकेट हात पारे भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरले एकएक विकेट लिए।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो। गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए। ५५ बलको सामना गरेका उनले १० चौका र तीन छक्का हिर्काए। साई सुदर्शनले ५२ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे। उसका लागि जोश बटलरले अविजित ४१ रन जोडे।

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेललले एकएक विकेट हात पारे। यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने कोलकाताको समान खेलबाट ६ अंक मात्र छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ५५ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो