अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै « Khabarhub

अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मात्रै आइपुगेका भारतका विद्युत्, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर संखुवासभास्थित अरूण तेस्रो जलविद्युत् आयोजना अवलोकनमा जाने भएका छन् ।र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा २ दिने भ्रमणका लागि नेपाल आएका उनले समकक्षी दीपक खड्कासँग मिलेर भारतको सहयोगमा निर्माण भएको कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइनअन्तर्गत् इनरुवा वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइनको उद्घाटन गर्ने छन् ।

त्यसैगरी संखुवासभाको तुम्लिङटार सबस्टेशन, बानेश्वर सबस्टेशन र बसन्तपुर सबस्टेशनको संयक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

खट्टरले मंगलबार नै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ ।

मंगलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चार सय केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

कोशी प्रदेशबाट फर्किएपछि बुधबार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमणमा जानेछन् ।

बुधबार नै मुस्ताङबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : ३७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा