‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’ « Khabarhub

‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताएका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताए ।

एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उनले स्पष्ट पारे । ‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई सुरक्षित बनाउन सकिन्छ’, ज्ञवालीले भने ।

कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रजको दुःख सम्झिँदा अघि बढ्ने बाटो खुल्ने उनले बताए ।

हिजो भूमिगत कालमा सेल्टरदाताले ज्यानको परवाह नगरी नेता र पार्टीलाई जोगाएका उनले स्पष्ट पारे । दिनभर ज्याला गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उनले स्मरण गराए ।

‘हाम्रो पार्टी जनताको आश्रयमा बजेको पार्टी हो, हाम्रो त्यो कैरवपूर्ण यात्रा अहिले सम्झिँदा अहिले पनि आङ सिरिङ्ग गर्छ’, उनले भने ।

नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा-पिसावसमेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उनले बताए ।

कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको इतिहास रहेको उनले स्मरण गरेका छन् ।

स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख-हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उनले बताए । त्यो बुझिए यो व्यवस्थाप्रतिको आस्था र विश्वास बढ्ने उनको धारणा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै