‘महाभोज’को टिजर : सहकारीको पैसा हिनामिना मुद्दा, गाउँपालिका अध्यक्ष बने आर्यन « Khabarhub

‘महाभोज’को टिजर : सहकारीको पैसा हिनामिना मुद्दा, गाउँपालिका अध्यक्ष बने आर्यन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘महाभोज’को टिजर सार्वजनिक भएको छ । टिजरमा सहकारीको बचत हिनामिनाको मुद्दा समावेश भएको पाइएको छ ।

फिल्ममा खगेन्द्र लामिछाने र नायिका अञ्जना बराइली जोडीको भूमिकामा रहेको टिजरले खुलाउँछ । उनीहरु आर्थिक संकटमा परेको दृश्यबाट टिजरको सुरुवात हुन्छ । टिजरभर नै यो जोडी यही समस्याबाट ग्रसित देखिन्छ ।

नायक दयाहाङ राईले फिल्ममा ‘चन्द्र’ नामक पात्रको भुमिका निर्वाह गरेको खुलाउँछ । उनी सहकारीसँग सम्बन्धित व्यक्ति हुन्छन् । उनको जोडीको भूमिकामा नायिका गौमाया गुरुङ छिन् ।

नायक आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा रहेको निर्माण पक्षले खुलाएको छ । टिजरमा आर्यन सिग्देलले एक संवाद ‘चन्द्र’सँग सम्बन्धित छ ।

उनले भन्छन्, ‘चन्द्रेले यहाँ ठूलै गढबढी गरेको छ ।’

टिजरमा ‘हाम्रो पैसा फिर्ता गर’ भन्ने नारा लगाएको सुनिन्छ । यसले चन्द्रको भूमिकामा रहेका दयाहाङले सहकारीको बचत हिनामिना गरेको संकेत गर्छ ।

फिल्मले आर्थिक संकटमा परेको व्यक्ति, सहकारी बचत हिनामिना र त्यसले उत्पन्न समस्यामा कथा उठान गरेको संकेत गर्छ ।

टिजरको अन्त्यमा नायिक मलिका महत कानुनी झमेलामा परेको देखाइएको छ । दयाहाङ आक्रोशित बनेर एक व्यक्तिको घरमा आक्रमण गर्न गएका छन् । यी दृश्यले दर्शकलाई फिल्मप्रति कौतुहलता प्रदान गर्न सक्छ ।

फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको बताइएको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ५७ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स