उद्घाटनस्थलमै नपुगी फर्किए नेपाल र भारतका मन्त्री, जिल्लिए स्वागतमा बसेका तीन जिल्लाका कर्मचारी « Khabarhub

उद्घाटनस्थलमै नपुगी फर्किए नेपाल र भारतका मन्त्री, जिल्लिए स्वागतमा बसेका तीन जिल्लाका कर्मचारी


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विद्युत्, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर र ऊर्जामन्त्री दीपक खड्का मंगलबार संखुवासभा पुग्ने भएपछि स्वागतका लागि विशेष तामझाम गरियो ।

बिहानैदेखि नेपाल विद्युत् प्राधिकरणका कर्मचारी खटाएर एउटा २२० केभी प्रसारण लाइन र तीनवटा सब-स्टेशन उद्घाटन गर्ने भनेर ऊर्जामन्त्री खड्काले गृहजिल्लामा विशेष निर्देशन जारी गरिसकेका थिए ।

त्यहीअनुसार संखुवासभाको तुम्लिङटारस्थित उद्घानस्थलमा कार्यक्रम मञ्चदेखि स्वागतद्वार र तुल ब्यानर पनि टाँगिएको थियो ।

तर भयो के भने नेपाल र भारतका दुवै मन्त्री सवार हेलिकप्टर अरूण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा गएर बस्यो ।

सुरुमा सब-स्टेशन र प्रसारण लाइन उद्घाटन गर्न भनेर स्वागतका लागि तम्तयार भोजपुर, संखुवासभा र तेह्रथुमबाट समेत बोलाइएका सुरक्षा अधिकारीदेखि कर्मचारीसमेत नराम्ररी जिल्लिएका छन् ।

प्राधिकरणका पूर्वाधार उद्घाटनका लागि गरिएको तामझामपूर्ण तयारी दुवै मन्त्री सिधै अरुणको बाँधस्थल पुगेर काठमाडौं फर्किएपछि बालुवामा पानी जस्तै भएको छ ।

भारतको सहयोगमा निर्माण भएको कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइनअन्तर्गत् इनरुवा वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइनको उद्घाटन पनि हुन सकेन ।

त्यसैगरी संखुवासभाको तुम्लिङटार सबस्टेशन, बानेश्वर सबस्टेशन र वसन्तपुर सबस्टेशनको संयक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि अलपत्र परेको छ । अर्थात् यी चार परियोजना उद्घाटन नै नगरी मन्त्रीहरू काठमाडौं गएका छन् ।

मन्त्रीहरू अरुणको बाँधस्थलबाटै हिँडेपछि तुम्लिङटार क्षेत्रमा रातारात बनाइएका गेट अलपत्र परेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काको निमन्त्रणामा भारतीय मन्त्री खट्टर २ दिने भ्रमणमा आएका हुन् ।

खट्टर र खड्काले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गरेर काठमाडौं आइसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : २३ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको