ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क « Khabarhub

ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी (डोग)मा ध्यान दिइरहेको समयमा उनको कम्पनीको नाफा घटेपछि पुरानै कार्य तालिकामा फर्कन दबाब परेको छ। उनी डोगको काममा कम व्यस्त हुँदै विस्तारै टेस्लामा नै ध्यान दिन थालेका छन्।

मस्कले राजनीति र ट्रम्प प्रशासनमा चासो दिन थालेपछि गत वर्षको तुलनामा पहिलो तीन महिनाको कारोबार २० प्रतिशतले घटेको छ। यसैगरी गत वर्षको तुलनामा नाफाको मात्रा ७० प्रतिशतले घटेको छ।

अहिलेको राजनीतिमा उत्पन्न मनस्थितिका कारण बजारमा माग घटी रहेको छ। यो गिरावटको मुख्य कारण कम्पनीका प्रमुख आफ्नो व्यवसायमा भन्दा ट्रम्प प्रशासनमा केन्द्रित भएको जनाइएको छ। मस्कको कारण ट्रम्प प्रशासन एक चौथाई अर्ब डलर जम्मा गर्न सफल भएको छ। तर, संसारका धेरै स्थानमा मस्कसँग आक्रोशित हुनेहरू बढेका छन्। धेरै स्थानमा उनका उत्पादन बहिष्कारमासमेत पर्न थालेका छन्।

यसका बाबजुद उनले अहिले तत्कालका लागि अमेरिकी सरकारको काममा सो निकायको अझ आवश्यकता रहेको बताएका छन्।

मस्कले अब साताको एक या दुई दिन मात्र सरकारी कार्यालयमा बिताउने छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाएको अत्यधिक चर्को करको असर टेस्लामा परेको जनाइएको छ। टेस्लाले उत्पादन गर्ने कारको पार्टपुर्जा धेरै चीनमा नै पाइन्छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ५६ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर