ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क | Khabarhub Khabarhub

ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी (डोग)मा ध्यान दिइरहेको समयमा उनको कम्पनीको नाफा घटेपछि पुरानै कार्य तालिकामा फर्कन दबाब परेको छ। उनी डोगको काममा कम व्यस्त हुँदै विस्तारै टेस्लामा नै ध्यान दिन थालेका छन्।

मस्कले राजनीति र ट्रम्प प्रशासनमा चासो दिन थालेपछि गत वर्षको तुलनामा पहिलो तीन महिनाको कारोबार २० प्रतिशतले घटेको छ। यसैगरी गत वर्षको तुलनामा नाफाको मात्रा ७० प्रतिशतले घटेको छ।

अहिलेको राजनीतिमा उत्पन्न मनस्थितिका कारण बजारमा माग घटी रहेको छ। यो गिरावटको मुख्य कारण कम्पनीका प्रमुख आफ्नो व्यवसायमा भन्दा ट्रम्प प्रशासनमा केन्द्रित भएको जनाइएको छ। मस्कको कारण ट्रम्प प्रशासन एक चौथाई अर्ब डलर जम्मा गर्न सफल भएको छ। तर, संसारका धेरै स्थानमा मस्कसँग आक्रोशित हुनेहरू बढेका छन्। धेरै स्थानमा उनका उत्पादन बहिष्कारमासमेत पर्न थालेका छन्।

यसका बाबजुद उनले अहिले तत्कालका लागि अमेरिकी सरकारको काममा सो निकायको अझ आवश्यकता रहेको बताएका छन्।

मस्कले अब साताको एक या दुई दिन मात्र सरकारी कार्यालयमा बिताउने छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाएको अत्यधिक चर्को करको असर टेस्लामा परेको जनाइएको छ। टेस्लाले उत्पादन गर्ने कारको पार्टपुर्जा धेरै चीनमा नै पाइन्छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ५६ बजे

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

काठमाडौं– पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास