जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल « Khabarhub

जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत निर्दोष व्यक्तिलाई लक्षित गरी भएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गरेका छन् ।

उनले घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

मङ्गलबार पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलामा परेर एक नेपालीसहित २६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा ज्यान गुमाएका भनिएका नेपालीको भने पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ०१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा