असारदेखि बन्द मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा « Khabarhub

असारदेखि बन्द मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल–चीन सञ्चालनमा रहेको प्रमुख ब्यापारिक नाका रसुवागढीबाट ओहोर–दोहोर गर्ने मैलुङ–स्याफ्रुबेँसी सडक मंगलबारदेखि सञ्चालनमा आएको छ ।

रसुवागढी हुँदै आउजाउ गर्न पासाङल्यामु राजमार्गको राम्चे–ग्राङ खण्डमा भदौ २५ गते पहिरो गएपछि अबरुद्ध यातायात सेवा मैलुङतर्फबाट खुलाइएको हो ।

नेपाल–चीनबीचको द्रुतमार्ग अन्तरगत नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकमा ठूल्ठूला ढुङ्गा सहितको पहिरो खसेका कारण गत असारदेखि बन्द गरिएको थियो ।

शनिबारदेखि मर्मत सुरु गरिएको सडकको पहिरो पन्छाउने र जोखिम हटाउने कार्य पूरा गरेर मंगलबार साँझदेखि गाडी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

राम्चे–ग्राङ खण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका वडा नं. १ को नाकुरदुङमा सडक भासिएर यातायात सञ्चालन गर्न कठिन र मर्मतको लागी समयअवधि समेत धेरै लाग्ने भएका कारण तीन महिनादेखि बन्द रहेको मैलुङ–स्याफ्रुबेँसी सडक सुचारु गरिएको छ ।

सडक सञ्चालनमा आएसगै रसुवागढी नाकाहुदैँ दशै पर्वलाई लक्षित गरेर नेपाल भित्र्याएका मालबाहक कन्टेनर गन्तव्यतर्फ लागेका छन् । भदौ २५ देखि रसुवागढी भन्सारमा जाँचपास गरेका कन्टेनरको सङख्या पाचसय भन्दाबढी भएपनि फलफूल बोकेका गाडीलाई पहिलो प्रथामिकता दिएर मैलुङतर्फको सडकबाट आवत–जावत सुरु गरेको रसुवा प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय नाकाको रुपमा रसुवागढी पुग्न पासाङल्यामु मार्गको धुञ्चेतर्फबाट भन्दा २५ किलोमिटर दुरी छोटो पर्ने र घुम्ती समेत नभएका कारण मैलुङबाट सिधै स्याफ्रुबेसी पुग्ने सडक चालकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ ।

मैलुङ–स्याफ्रुबेसीँ सडक धादिङको गल्छीबाट नुवाकोटको त्रिशूलीहुदै सिधै रसुवागढी पुग्नसक्ने गरेर निर्माण भइरहेको राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनामा समावेश गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ३० बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती