निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ? | Khabarhub Khabarhub

निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ?


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत दशैँमा निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आयो । आगामी दशैँमा उनको अर्को फिल्म ‘दशमी’ प्रदर्शनमा आउने बताइएको छ ।

निर्देशक निरौलाले ‘दशमी’को स्क्रिप्ट पूजा गरिसकेका छन् । तर, यो फिल्मका कलाकार र छायाङ्कनबारे जानकारी दिइएको छैन ।

फेरि उनले नयाँ फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । निरौलालले चलचित्र विकास बोर्डबाट फिल्म ‘पाँच पाण्डव’ निर्माणको इजाजत लिएपछि यो खबर बाहिरिएको हो ।

उनले कलाकारमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रहने गरी निर्माण इजाजत लिएका हुन् ।

तर, निर्देशक निरौलाले औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरेका छैनन् । खबरहबसँगको कुराकानीमा उनले आफू ‘पाँच पाण्डव’ निर्माणको तयारीमा रहेको स्वीकार गरे ।

कलाकारहरुको ‘लाइअप’ पूरा भएपछि निर्माण घोषणको तयारीमा आफू रहेपनि विकास बोर्डबाट इजाजत लिएका कारण खबर बाहिरिएको बताए ।

उनले भने, ‘म केही समयपछि घोषणा गर्ने तयारीमा थिएँ । विकास बोर्डबाट खबर बाहिरियो । ठीकै छ यो कुरा सत्य हो ।’

शीर्ष भूमिकामा सीताराम र कुञ्जना फाइनल भएको उनी बताउँछन् ।

तर, यस फिल्मको छायाङ्कन कहिलेबाट सुरु गर्ने भन्ने बारेमा उनी अनिर्णित नै छन् । भन्छन्, ‘कलाकारहरू चयनको काम सकौं त्यसपछि छायाङ्कन मिति टुंगो लाग्छ ।’

‘दशमी’ र ‘पाँच पाण्डव’मा कुन पहिला छायाङ्कन हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यसको टुंगो लागेको छैन ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : १४ बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,